टाैदहमा नागराजा नागरानी

घुमघामबिबिध
607 views

Share:

प्राचीन कालमा काठमाडुं उपत्यकामा काली दहको रुपमा रहेको पानी मञ्जुश्रीले चोभारको डाँडामा काटी निकास दिलाएपछी उपत्यकामा मानव वस्ती बस्न योग्य भयो । त्यस अवस्थामा नाागराजा बाहिरिएमा शंकट आईपर्ने देखी यस क्षेत्रमा भिमसेनद्धारा दह निर्माण गरि टौदह नाम दिएको किंवदन्ती रहेको छ । टौदह कर्कोटक नागराजा नागरानीको बासस्थान हो ।

Photo : Ozone Babu

काठमाडुं उपत्यकाको आकारसंग मिल्दोजुल्दो यो पोखरीको कुनै पनि एक कुनाबाट पुरा रुप देख्न सकिदैन ।
जावालाखेलको रातो मच्छिन्द्रनाथको जात्रामा देखाईने भोटो कर्कोटक नागराजाको रहेको र यस क्षेत्रको ढुङ्गा, माटो, वा कुनै पनि वस्तु आफ्नो घरमा लगे हानी नोक्सानी हुने र सर्पहरु घरमा आई दुख दिने गर्छन भन्ने किवंदन्ती पनि छ ।

Photo: Ozone Babu

फुर्सदमा काठमाडुंको वरपर घुम्न चाहानेहरुका लागी यो राम्रो गन्तव्य हुन सक्छ । आकर्षक पोखरी, पोखरीका रङ्गीवीरङ्गी माछा, वरपरका मनमोहक डाँडाहरुको मनोरम दृश्य वास्तवमै मनै शान्त बनाउन तल्लीन छन ।

Photo: wikipidia
Photo : Ozone Babu

यस पोखरीको अर्को विशेषता भनेको यस पोखरिवरपरको क्षेत्रमा ४० भन्दा बढी प्रजातीका चराचुरुङ्गीहरु घुम्न आउँछन भने १७ भन्दा बढीको त यै पोखरी वरपर वासस्थान रहेकाृ छ । जसले यो पोखरी वरपरको सुन्दरतामा थप अकर्षण बढाएको छ ।

Photo : Wikipidia

उपत्यकाको भित्री रिङुरोड बल्खुबाट करिब ७ किमि को दुरीमा बल्खु हुँदै किर्तीपुरतिर जाने बाटो छोडेर चोभार तिर जाने बाटोको करिब २० मिनेटको यात्रामा पोखरी पुग्न सकिन्छ । यहाँ पुग्ने अरु थुप्र्र बाटाहरु पनि छन ।
अनेकौ किंवदन्ती र मानोरम, शान्त वातावरण बोकेको यो धार्मीक तथा पर्यटकीय क्षेत्रभित्र प्रवेश गर्न नेपाली पर्यटकका लागी रु २० र बाह्य पर्यटकका लागी रु ५० शुल्क लाग्छ । दहको वरिपरी रहेका रिसोर्टमा बसेर चिसो तातो को चुस्की लिँदै मनोरम दृश्यमा मन बहलाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्:

Read also: