दुई पटकको फिफा विश्वकप च्याम्पियन अर्जेन्टिनालाई मंगलबार भएको समूह ‘सी’ को खेलमा एसियन टिम साउदी अरेबियाले २-१ गोलले हरायो।
पहिलो हाफमा अर्जेन्टिनाले तीन पटक गाेल गरे पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए।
पहिलो खेलमै पराजित भएपछि उपाधिको खोजीमा रहेको अर्जेन्टिना दबाबमा परेको छ।

