सकियो मतदान, मतदाताको सहभागिता उत्साहजनक देखिएन।

ताजा खबरबिबिध
756 views

Share:

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते आइतवार देशैभर एकै चरणमा सकिएको छ । प्रारम्भिक तथ्यांक अनुसार ६१ प्रतिशत आसपास मत खसेको अनुमान गरिएको याे निर्वाचनमा मतदाताको सहभागिता भने उत्साहजनक देखिएन।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार भएको मतदानमा करिब ६१ प्रतिशत मतदान भएको जानकारी दिए । ‘यो मत हामीले अपेक्षा गरेभन्दा केही थोरै हो, तर अझैपनि यकिन भइसकेको छैन,’ आइतबार साँझ आयोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले भने, ‘केही सामान्य घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।’

पहिलाे हुने निर्वाचित हुने निर्वाचनकाे प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० त्यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० गरी कुल ८२५ सिटकालागि मतदान भएको थियो ।

देशभरका मतदानस्थलबाट मतपेटिका संकलन भइसकेका छन भने मत गन्ने र नतिजा आउने धमाधम भइरहकाे छ ।

यसपटक प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६१ दलका एक हजार ५४५ र स्वतन्त्र ८६७ जना प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ दुई हजार १९९ उम्मेदवार छन् भने प्रदेशसभामा ३३० सिटका लागि प्रत्यक्षमा ३ हजार २२४ जना प्रतिस्पर्धामा छन् । त्यस्तै, समानुपातिकतर्फ भने तीन हजार ७०८ जना उम्मेदवार छन् ।

 

 

 

Tags: निर्वाचन, निर्वाचित
यो पनि पढ्नुहोस्:

Read also: