ओजोन बाबु उर्फ आलाेक शर्मा
केही भ्रमहरुसँग जीवन मिसाएको मैले पारी हेमन्त ऋतुको क्षितिज हेर्दै आज अनुभव पनि गरेँ ।
शरिरवादी÷भोगवादी मेरो मन÷हृदयले भ्रमलाई आफ्ै ठान्दा भएका बरबादीको बिगो भर्दैछु म÷आफैँ । पच्चिस बसन्त पार गरेको मलाई, हेमन्तले अस्वभाविक÷अनौठा व्यबहार देखाउने गरी उराठ गराएर ल्यायो ।
बृक्ष÷रुखहरु, डाँडा÷पाखाहरु, बारी÷गह«ाहरु नाङ्गै छन– एक्काइसौँ शताब्दिका आधुनिक÷आडम्बरी युवतीझैँ । र चेरी दानाहरु झुण्डीरहेका छन तस्बीरमा । अगाडीका तीन टेबिल खाली छन, पर्खिरहेका छन भोकाएका÷तिर्खाएका ग्राहकहरुलाई सायद । बाँया टेबिल अघीदेखीनै एक जोडीलाई सेवा दिईरहेको छ । उनिहरु खाँदै छन खै कुन परिकार हो कुन्नी, म चैँ गम खादै छु । हेमन्त ऋतुका यि युगल अविवाहित हैनन् भनेर थाहा पाउन मलाई बेर लागेन । वाई द वे……..फिलिङ जेलस ।
म हेमन्त ऋतुमा छु । चिसो छु÷भएको छु । त्यो समय÷उसबेलाको समयमा ति न्याना÷रङ्गिन रातहरुमा सुमसुम्याएका ति रेसमी कपाल, गोरो अनुहार र ति चञ्चल आँखाहरुसँग मेरो लामो उठबस रहेको म स्वीकार गर्छु । एक्लै हुँदा अँध्यारो रातमा सम्झिदै निदाएको र उनकै सपना देखेको मैले नै हो । स्वभाविक नै हुने नाक, ओठ, र निधार, गाला र ….. पुरै शरिर कलात्मक देख्ने म कवीजी भएको महसुस आफैले गर्दै रहेँ । कहिले उड्दै उड्दै माथी पहाड÷टाकुरा छुँदै त कहिले तल टारमा लडिबुडी गर्दै रमाउने मन÷तन पनि म कागजमा फगत कागजमा विशेष रुपमै उतारिरहेछु । निला टेबिल र निला कुर्सीहरु, निलो आकाश÷समुंद्रझैँ शान्त छन । भुईँ÷मन चिसो छ । गुलाब चोर्न जाँदा काँडाले हात घोचेर बिग्रिएको अनुहारझैँ सशंकित छ आकाश । र गुलाब धनीले तात्तातै देख्दा चुडालीसकेको गुलाब हतार हतार लुकाएझैँ आकास÷बादलले घाम÷सूर्य लुकाएको छ । म घामको प्रतिक्षा ताप्दै छु टेबिलमा ।
जीवनलाई ठ्याक्क स्थगीत गरेर जस्ट पछाडी फर्केर……….. जीवनको लक्ष्यलाई त्यही ठाउँमा पुर्याउनु छ । जहाँबाट म वस्तीहरुमा गीत गाउँदै हिडेको थिएँ, जहाँबाट मैले पुरानो धार बिर्सिएर फूलका कविता लेख्ने, कपालका कविता लेख्ने, नाक, निधार, गाला, घाँटी…..का कविता लेख्ने आँशु कवी भएको थिएँ । हो त्यहिँबाट पूनः पुरानै लयमा क्रमशःयात्रा तय गर्नुछ ।
जे हुनु भईसक्यो । जुनदिन ‘उनी’ ले मबाट तृप्तिएको घोषणा गरिन, त्यसबेला पहिलेको जस्तै मैले कर गरिन, या भनौँ न जब्बरजस्ती गरिन यसपाली । म आध्यात्मीक भईसकेछु सायद । मेरो मानसपटलमा उनको नाममा असिम प्रेम पलायो । म उनलाइ प्रेम गर्छु त उनको खुसी पो खोज्नु पर्छ त । उनी मलाइ प्रेम नगर्नमा खुसी छिन भने म उनलाइ स्वतन्त्र नगर्ने कस्तो प्रेमी ।
उनीले भुतकालमा मलाइ मठ÷मन्दीर खुब डुलााइन । उनको लागी म नास्तिक थिएँ । मैले पनि कहिल्यै भनिन “म मुर्ती पुजा नगर्ने खालको आस्तिक नै हुँ” भनेर । तर मन्दीर भित्र नछिरेर÷मुर्तीलाइ सिक्काले÷फूलले नहानेर नास्तिक नै भै बसेँ ।
प्रेममा त्याग हुनुपर्छ – महान प्रेमीहरु भन्दारहेछन । उनले त्यागीन । मैँले उनको लागी खुसी मागेँ – मुर्तीसँग प्लस भगवान सँग पनि । उनको ससम्मान बहिर्गमन पछि पो उनको इच्छाअनुसारकै आस्तीक भइदिएँछु ।
प्रेममा त्याग हुनुपर्छ – महान प्रेमीहरु भन्दारहेछन । उनले त्यागीन । मैँले उनको लागी खुसी मागेँ – मुर्तीसँग प्लस भगवान सँग पनि । उनको ससम्मान बहिर्गमन पछि पो उनको इच्छाअनुसारकै आस्तीक भइदिएँछु ।
एकदिन अचानक उनी मसँग आइन, मैले कल्पना गरेँ । त्यसबेला उत्तरबाट चिसो हावाले कान सेकिरहेको थियो । यता कल्पनाले न्यानो बनाउँदै थियो । तल सडकमा गाडिहरु गुडिरहेछन । सडकको पेटिमा÷फुटपाथमा बगिरहेको झैँ देखिने मान्छेका÷यात्रिका लस्कर, अनि पोलमा टाँगीएको तारमा बेफिक्री बसेका एक जोडी चरा ( ढुकुरको जोडी हुनुपर्छ ) लाइ झ्यालको सिसाले फिल्टर गरेर हेरेँ । एकतमासको निराशाले झ्याप्पै छोप्यो । पेटमा अनौठो दुखाइ सल्बलाइरहेछ । दुई दिनदेखी भोक नलाग्ने रोगले च्यापेको छ र दिमाग÷मन पनि भोकै छ ।
क्लाइमेक्स
म त प्रेम गर्ने मान्छे, प्रेममा त त्याग हुनुपर्छ, तिमी खुसी हुन्छ्यौ भने म मरो डोमेस्टीक खुसी त्याग्न तयार छु । म हिजो पनि प्रेम गर्थेँ , आज पनि गर्छु र गरिनै रहने छु् । त्यसैले तिमी मेरो एकसरो जीवनमा आउनु÷जानुले प्रभाव पार्दैन भन्ने लाग्छ मलाइ । हिजो जव तिमी गयौ तिम्रो भगवान÷मन्दीर÷मुर्ती संग तिम्रै खुसिको प्रार्थना गरेँ प्लस यदि तिम्रो पर्सनल खुसिले थामेन भनेँ मेरो खुसिसमेत थपिदिन प्रर्थना गरेँ, होसमै । यि काला खालि रातहरुमा म कहिल्यै दुखी भइन, सम्झेँ यसको मतलब तिमी खुसी हुन मेरा खुसीहरु प्लस गर्नुपरेन । मैले तिम्रा लागी प्रार्थना गरेका मेरा खुसीहरु मसँगै रहे । तिमी आउँछ्यौ , तिम्रा भौतीक खुसीहरु कहिलेसम्म मसंग सम्बन्धीत हुन्छन ‘ यु आर वेलकम ’ । तर जव तिमीले प्रेममा त्याग ग¥यौ म विचलित विचलित विचलित भैगएँ । मैले घर छोडेँ । त्यही घर जहाँ बसेर मैले अलिकता सपनाको स्केच गरेको थिएँ । एकाएक उजाड भएपछि त्यहि घर विरानो लाग्यो । एक विहानै भालेलाइ ति रङ्गहिन स्केचहरु, प्लटहरु शून्यमा थन्काएर म निस्केँ वीथआउट सेलफोन ।
भन्नै परोइन त्यसपछि म यतै छु, आजकल तिमीलाइ मन नपर्ने ब्रण्ड पिउँछु÷उडाउँछ्ु । तिमीजस्तो भौतिक हुन सकिन÷चाहिन । तिमी आयौ खुसी प्लस÷प्लस भयो । प्लस + प्लस = प्लस भनेझैँ प्लस खुसी छु ।
कल्पनामा आएकी उनीसंगको एकलाप लामै भएछ । ढुकुरहरु उडिसकेछन । एकहुल कन्याहरु कलेज ड्रेसमा आएर पानीपुरी खाएर गए, यो दृश्यलाइ झ्यालको सिसाले फिल्टर गर्न मन लागेन ।
क्लोज अप
आज, तैपनि÷यति हुँदा हुँदै पनि÷भैसकेपछि पनि, उनि छुट्टिमा गएकी हुन र एकदिन फर्केर आउँछिन भन्ने भ्रममा बाँचिरहेछु ।

