हुलाकीः एउटा राम्राे नेपाली माेवाइल एप

Share:

हुलाकी

हुलाकीसूचना तथा सन्देशहरु अत्यन्तै द्रुत गतिमा एकठाउँबाट अर्को ठाउँमा पुर्याउने काम Instant Messaging हो । इन्टरनेटको माध्यमबाट असिमित रुपमा फोटो, भिडियो, टेक्स्ट वा अन्य जुनसुकै फम्र्याटमा रहेको सन्देशलाई तुरुन्त एकठाउँबाट अर्को ठाउँमा पुर्याउन सकिने हुनाले इन्स्ट्यान्ट मेसेजिङ विश्वभरमा चर्चित छ । इन्स्ट्यान्ट मेसेजिङको क्षेत्रमा Messenger, Whatsapp, Viber, Telegram लगायतका विभिन्न कम्पनीहरुले विभिन्न सुविधाहरु प्रदान गर्दै आइरहेका छन् । विश्वका अधिकांस मानिसहरुले मोवाइल फोन वा ट्याब्लेटको माध्यमबाट सजिलो सँग इन्टरनेट प्रयोग गर्ने हुनाले यस्ता इन्स्ट्यान्ट मेसेजिङ सेवा प्रदान गर्ने कम्पनीहरुले मोबाइल एप सार्बजनिक गरेका छन् । यस्ता विश्वचर्चित एपहरुले प्रदान गर्नेजस्तै अझ उत्कृष्ट सुविधाहरु प्रदान गर्ने गरी टेलिग्राम नामक कम्पनीको सहयोगमा नेपालमै हुलाकी (Hulaki) एप बनेको छ ।

एन्ड्रोइड अपरेटिङ सिस्टम भएको मोवाइल फोन तथा ट्याब्लेटमा प्रयोग गर्न सकिने यो एप गुगल प्ले स्टोरमा निःशुल्क उपलब्ध छ । अहिले एन्ड्रोइडमा

मात्र चलाउन मिल्ने यो एप चाँडै नै आइफोन आइप्याड लगायत अन्य प्ल्याटफर्ममा समेत उपलब्ध गराउनको लागि काम भइरहेको छ । विशेषत नेपालीपन रहेको उक्त एपमा यस्ता विशेषताहरु रहेका छन् ः

आकारमा सानो । लगभग २० मेगाबाइट मात्र स्पेस भएको ।

फोन

नं. बाट कनेक्ट हुने ।

अत्याधिक द्रुत गतिमा मेसेज डेलिभर गर्ने ।

निःशुल्क एवं उच्च स्तरिय भोइस कल सुविधा भएको ।

ग्रुपमा कुरा गर्न सकिने ।

दोस्रो पक्षले सन्देश हेरिसकेपछि आफै सन्देश मेटिने विकल्प भएको ।

दुवै तर्फको सन्देश delete गर्न सकिने ।

पासवर्ड हानेपछि मात्रै हुलाकी एप खुल्ने बनाउन सकिने ।

अक्षरका साथसाथै फोटो भिडियो अडियो लोकेसन फाइल कन्ट्याक्ट सेयर गर्न सकिने ।

मन नपरेको मेसेजहरुलाई ब्लक गर्न सकिने

ह्याकिङ्गको सम्भाव्यता शुन्यप्राय रहेको ।

यस्ता उत्कृष्ट सुविधाहरु हुनुका साथसाथै यस एपमा थुप्रै नेपाली स्टिकरहरु पनि रहेकोले अव नेपालीमै कुरा गर्न पाउनु यस एपको अर्को राम्रो विशेषता हो । गत भदौ १ मा सार्वजनिक भएको यस एपका हालसम्म १००० भन्दा बढि सक्रिय प्रयोगकर्ता पुगिसकेका छन् ।  एपको प्ले स्टोर लिंकलाई फेसबुकमा सेयर गरी १०० भन्दा माथि लाइक पाउने व्यक्ति लाई उसकै इच्छा बमोजिमको १ वटा स्टिकर बनाइ हुलाकीमा सार्वजनिक गरिने अनौठो अफर समेत हुलाकी एपका निर्माणकर्ताले सार्वजनिक गरेका छन् । त्यसका साथसाथै हुलाकी एपमा रहेका कमी कमजोरी हरुको बारेमा हुलाकी एपको क्गउभच न्चयगउ ुज्गबिपष्ज्ञु मा बमम भइ राय सल्लाह सुझाव प्रदान गर्ने एक जनालाई प्रतिमहिना १ वटा स्टिकर बनाइदिने अफर समेत सार्वजनिक भएको छ । पूर्णत नेपालीपन भएको हुलाकी एप गुगल प्ले स्टोरबाट आजै डाउनलोड गर्नुहोला ।

यो पनि पढ्नुहोस्:

Read also: