बाँचोस काठमाडुं

वाङ्गमय
376 views

Share:


ओजोन बाबु
पसिना नओभाउँदै
तात्तातै
झोला खोतल्दै छ काठमाडुं ।
दिनभरी छायाँसंग
सिर्फ छायाँसंग
यपिन गर्ने काठमाडुंलाई
रातमा पनि उज्यालो
जुन पठाईदिएको छु ।

उता गाउँमा त
रातैभर राँकेभुत बल्छन
आफ्नै पुच्छर बालेर जुनकिरी
जग्मगाउँछन खेतैभरी
मनै उज्यालो भएका किसानहरु
निष्फिक्री डुल्दा हुन पाखापाखा ।

उता काठमाडुं
टसमस भएर
छामछाम छुमछुम गर्दैछ,


मध्य दिनमै
आफ्नै खुट्टाले किचिएर
तहशनहश हुने आशंकामा
बिचरा के गर्दो हो काठमाडुं

त्यसैले त
रातभर रातभर हिडाएर
जून
कोशेली पठाईदिएको छु
उज्यालोमा बाँचोस काठमाडुं ।

यो पनि पढ्नुहोस्:

Read also: