गरी खान देऊ !

बिबिधविचार
392 views

Share:

ओजोन बाबु

गतवर्षको एउटा म्यागेजिनमा गरी खाने, नगरी खाने तथा गरी खान नदिने जस्ताको विषयमा एउटा आलेख पढेको थिएँ । प्रयोग गरिएका प्रसंग एकदमै रोमाञ्चक भएपनि मानसपटलमा त्यति स्मरणिय भईराखेन । समय बित्दै गयो । गाउँ, शहरमा रहँदा बस्दा भोग्दै जाँदा सामु देखिएका घटनाहरुले बिस्तारै ति प्रसंगहरु दिमागमा मडारिन थाले । खुट्टा तान्ने, कुरा काट्ने जस्ता बाँदरे पवृत्ति हावी हुँदै गएको अवस्थामा गरी खानेहरुको धज्जी उडिरहेको छ आजकल ।
वास्तवमा गरी खनु एउटा सामान्य शब्द मात्र होइन । यस शब्दले आत्म सम्मानको भाव झल्काउँछ । तर, गरी खाने भन्दा नगरी खान खोज्नेहरुको जमात बढ्दै गएको परिस्थितिमा गरी खानेहरुले आफ्नो अस्तित्व गुमाउँछन् र विस्तारै गरी खानेहरु समेत नगरी खानेहरुको जमातमा मिसिन बाध्य हुन्छन् । नगरी खानेहरुमा त्यस्तो मानसिकता हावि हुन्छ की उनीहरु गरी खानेलाई गरी खानै दिँदैनन् । अराजकता, अपराध, खुट्टा तानातन जस्ता स्वार्थ सिद्धिका कार्यमा संलग्नन गरी खाने तथा गरी खान नदिनेहरु हाम्रै आँखा अगाडि विना संकोच यस्ता कृयाकलापलाई स्वतन्त्र पेशा बनाउँछन् र यस किसिमका गरी खान नदिनेहरुलाई कसले छाता ओडाउँछ भन्ने कुरामा कोहि पनि अनभिज्ञ छैन ।
हुन त समाजमा गरी खानेहरु नै नभएका चाहिँ होइनन् तर, नजाने किन भद्र भलादमी ज्ञानी कहलियका गरी खानेहरु समेत गरी खान नदिने प्रयासमा तल्लिन छन् । परिवर्तन त अवस्यम्भावी हुन्छ । परिवर्तन नरुचाउने प्रतिगामी सोच भएकाहरु सामल बोकेर परिवर्तनका संवाहक माथि जाईलाग्छन् । फलस्वरुप के हुन्छ–यूवाशक्तिको जोश र जाँगर सेलाउँछ, समाजको मुहार कुरुप हुन्छ,सम्पूर्ण देशले परिवर्तनको उज्यालो देख्न पाउँदैन ।
गाउँ सहर समाजमा सधैँ गरी खानेहरुको ठूलो खोजी भइरहेकै हुन्छ । एउटा गरी खानेले आफ्नो वरपरको वातावरणलाई सभ्य र जागरुक बनाउन सक्छ । तर मै खाउँ, मै लाउँ, भन्ने भावना भएकाहरु गरी खानेको खुट्टा तान्न कत्ति पनि लाज मान्दैनन् । आफ्नो गाउँ समाज तथा पुरै देशको परिवर्तनमा भाँजो हाल्नेहरुलाई मातृभुमिको कत्ति नै मायाहोला र ! मातृभूमीको माया नहुनेहरु आफ्नो स्वार्थ सिद्धिका लागिआफ्नै आमाको चोक्टा लुछ्न समेत पछि पर्दैनन् । जोश, जाँगर सीप, आँट, साहस,बुद्धि हुँदाहँदै पनि गरी खान नदिनेहरुको अत्याचार चुपचाप सहनु पर्छ । संवेदना, जवाफदेहिता र मानवता नै गुमाईसकेका सरेकारवालाहरुले देखाउने अस्थिरपनामा कसरी गरी खाने वातावरण बन्छ त । अर्कोतिर चौविसै घण्टा प्रगतिको कुरा गर्ने अनि प्रगतिचाहीँ कसैको हुन नदिने प्रवृत्ति भएका गरी खान नदिनेहरुसँग कुन किसिमको आशा राख्ने । नेपालीमा एउटा उखान छ – राजै शत्रु भएपछि कसको के लाग्छ । अव यस्तै सोच्दै लाचार भएर गरी खान देऊ ! भन्न बाध्य छन् परिवर्तनकारीहरु ।


Share This Post

यो पनि पढ्नुहोस्:

Read also: