दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका निर्धारित सबै सूचकहरु छिचोलेर प्रदेश नं १ कै सर्बोत्कृष्ट स्थान हासिल गर्न सफल भएको छ । अर्थात संघीयता प्रारम्भ भएको पहिलो अवधि पूरा हुनै लाग्दा घोषित आधिकारिक तथ्याङ्कमा यो गौरवमय नतीजा उल्लेख भएको हो ।
यसका अतिरिक्त ७५ प्रतिशत भन्दा बढि अंक प्राप्त गरी उत्कृष्ट १० भित्र परेका नगरपालिका मध्ये हाम्रो नगरपालिका आठौँ स्थानमा परेको छ । अर्थात मुलुकका सबै पालिका बीचको मूल्याङ्कन नतीजामा आठौँ भएको हो ।
दूरदराजको पहाडी भूभागमा अवस्थित हाम्रो नगरपालिकाले यो सफलता हात पार्न सफल हुनु निश्चय नै चानचुने कुरा होइन । यो सफलता निम्ति नगरसभा सदस्यहरु, नगर कार्यपालिका सदस्यहरु लगायत पदाधिकारीहरुको योजनाबद्ध र अथक प्रयत्न उल्लेख्य छ । नगरसभाद्वारा निर्धारित विकास निर्माणका योजनाहरु कार्यान्वयन गर्न गराउन कर्मचारीहरुले निर्वाह गरेको भूमिका र कर्तव्यपरायणता पनि उत्तिकै प्रशंसनीय छ । कार्यान्वयनको पाटोमा कर्मचारीले देखाएको तदारुकता र अनुलग्नता नै यो सफलताको महत्वपूर्ण कडी हो ।
नगर विकासको महान अभियानमा सम्पूर्ण नगरवासी जनताबाट जुन किसिमको सकारात्मक सहभागिता र सहयोग जुट्यो त्यो नितान्त सराहनीय छ र अतुलनीय पनि छ ।
कर्मचारी, नगरवासी जनता, र जनप्रतिनिधि बीचको यो साझा प्रयत्नले आउँदा दिनहरुमा पनि निरन्तरता पाउनसके प्रदेश र संघको तहबाट समेत थप सहयोग मिल्नेछ, जसले आठौँबाट पहिलो स्थानमा उक्लने हौसला मिलोस् । (प्रायोजित)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
खोटाङ, प्रदेश-१
पोलियो रोग बिरुद्धको खोप आई.पी.भी खोप अभियान सम्बन्धी स्वास्थ्य कार्यालय, खोटाङको अत्यन्त जरुरी सूचना
यही मिति २०८१ साल जेष्ठ १३ गते देखि १५ गते सम्म खोटाङ जिल्लाका सबै स्थानीय तहका सबै वडाहरुमा तोकिएका बिद्यालयहरुमा रहेका खोप केन्द्रहरुबाट पक्षघात गराउन सक्ने पोलियो रोगबाट बच्न तथा बचाउन आई.पी.भी खोप लगाउने अभियान मार्फत विश्वबाट पोलियो उन्मूलन गर्ने लक्ष्य एवं नेपाल सरकारको प्रतिबद्धता पूरा गर्न बिगतमा आई.पी.भी खोप छुट भएका २०७३ साल बैशाख देखि २०७५ साल असोज सम्म जन्मिएका बालबालिकाहरुलाई पोलियो रोग बिरुद्धको आई.पी.भी खोप लगाउने कार्यक्रम रहेकोले आ-आफ्ना बालबालिकाहरुलाई पायक पर्ने खोप केन्द्रहरुबाट खोप लगाई पोलियो रोगबाट बचौं र नेपाल तथा बिश्वबाट पोलियो रोगालाई उन्मूलन गरौं ।
अनुरोधकर्ता
स्वास्थ्य कार्यालय, खोटाङ