Ozone Babu
पसिन नओभाउँदै
तात्तातै
झाेला खाेतल्दै छ काठमाडुं ।
दिनभरी छायाँसँग
सिर्फ छायाँसँग
यापन गर्ने काठमाडुंलाई
रातमा पनि उज्यालाे
जून ल्याइदिएकाे छु ।
उता गाउँमा त
रातैभरी राँके भुत बल्छन ।
आफ्नै पुच्छर बालेर जुनकिरी
जगमगाउँछन खेतैभरि ।।
मनै उज्यालाे भएका किसानहरु
निष्फिक्री डुल्दा छन पाखापाखा ।
यता काठमाडुं
टसमस भएर
छामछाम छुमछुम गर्दैछ ।
मध्य दिनमै ….
आफ्नै खुट्टाले किचिएर
तहसनहस हुने आशंकामा
च्वः च्वः च्वः के गर्दाे हाे काठमाडुं ।
हाे त्यै भएर रातरात सँगै हिडाँएर
जूनै काेसेली दिएकाे छु
उज्यालाेमा बाँचाेस काठमाडुं ।

