कोरोना शरणम गच्छामी

घुमघामवाङ्गमय
379 views

Share:

थ्याङ्क यू कोरोना

कोरोना समाधी 

ओजोन  बाबु उर्फ आलोक शर्मा 

इन्सुरेन्सबाट त्यै दुइ आउँछ । ऋण हिसाब गर्दै जाँदा एघार नाघेको देखेर कोरोना ‘ दि कोभिड– १९’ सँग दुर्वाशा टाइप्सको मुड आएपछी , उठ्न सक्ने लगानीका याद, धमाधम आए । लगानी प्लस इन्सुरेन्स इज इक्युल टु साँढे छ को आम्दानी नाघ्ने भएपछि जोड घटाउमा माइनस साँढे चारको बहि रहने छाँटकाँट आयो । कुरा कहाँ अट्कियो भने, इन्सुरेन्सको किस्ता जम्मा गर्ने मुड नचलेको निक्कै भइसकेछ । यो महिनाको तनखा इन्सुरेन्सले खाने पक्कापक्की भएपछी, दिमागमा त्यै साँढे चार न मडारिने भयो ।

त्यस साँढे चारको मनमौजी त चल्दै गथ्र्यो , विडम्बना कहानीले मोड लेला लेला झैँ भइरहेको छ । सरी साँढे चार ।

कोभिड –१९ का संकेतहरुले शरिरमा कब्जा जमाएको र रातो बत्ति पिलिक पिलिक पिलिक हुँदै झलललललल बल्न थालेपछि मैले यसरि एक बारको जिन्दगीको भौतिक हिसाब लगाएको हुँ  ।

चीनको बुहानमा पहिलो पटक पहिचान पाएको यो नाथे भाइरसलाइ, सुन्दै सुनुँ सुनुँ लाग्ने कोरोना न्वरान गरेका छन पण्डितहरुले । हाल यो हरामीलाइ कोरोना भाइरस रोग २०१९ उर्फ कोभिड– १९ भनेर पुकार्न थालिएको छ । यो नाथे भाइरसले आज मलाइ एकै क्षणमा भूत, वर्तमान र भविश्यको एउटै राजमार्गमा दौडाइरहेछ ।

दुइ हजार बावन्न सालमा छादुन्जेल खाएको जेरीको गुलियो आज अचानका जिब्रोले फिल गरिरहेछ । त्रिपन्न चौवन्नतिरै हुनुपर्छ , गुच्चा खेल्दै गर्दा मुखमा स्टक गरेको एक्सट्रा गुच्चा अचानक उल्टो दिशातर्फ ओरालो लागेपछि घाँटीमै ब्रेक फेल भयो । निल्नु की ओकल्नु दुवै विकल्प प्रयोगमा ल्याउन नसकेपछी हेलिकप्टरमा भट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट काठमाडुंतिर उडेको र घाँटिमा कन्फ्युज भइरहेको गुच्चै बिर्सेर हावामा कावा खाँदै रमाएको झलभली याद आइरहेछ  ।

मगको कालो कफी मुल्तबीमा राखेर गुगलमा कोरोना सर्च हान्दै छु । तै बाँचिन्छ की भन्ने आस आस टाइप्सको भइरहेछ । टाइप्स अफ जिजिविशा हगी । अरुलाइ नसार्नुहोला प्लिज प्लिज प्लिज भनेझैँ लाग्ने सयौँ आग्रह नाचिरहेछन गुगलको टेडो आँगनमा ।

क्वरेन्टाइन, आइसोलेसन, फलाना….फलाना….

साबुन पानी…… मिचि मिचि………. सेनिटाइजर ….. माक्स……….  ढिस्का … ढिस्का…… किरिङमिरिङ उफ्फ्फ् ।

बाँच्ने उपाय कसैले बताएन गुुगलको आँगनबाट खाली हात फर्किएँ । सोसल मिडिया सट डाउन÷ अफ÷ डिएक्टिभेट गरेर बसेको छु, बरु । 

ताज्जुप चैँ विगत÷भुत जिउँदो जिउँदो भएको देखेर पो लागीरहेछ ।

पत्रमित्रको जमाना थियो÷फेसबुक थिएन । त्यै बेला त हो चिठिमै फोटो पठाउने, माग्ने हुँदै हुँदै ….हुँदा हुँदै , एकदिन त पत्रमा आई लभ यु सहितको सुकेको गुलाब चाउरिएर आइपुगेको थियो गाँठे । लाजले÷डरले÷संकोचले काम्दै पसिनासरी भएर पढीभ्याएको र गुलाबलाइ सिसाको बट्टाको अचार खन्याएर त्यसमा थन्क्याएको सम्झिँदा भरखरै लाजले पानीपानी भैगएँ । डोमेस्टिक रुममा त्यो अचारको बट्टा , जो गुलाब बक्स भयो पछि , थिएन । सायद फुट्यो “सिसा हो या , दिल हो आखिर टुटजाता है” । या हरायो, कि नयाँ प्रेमिकाले चाल पाउलिन भनेर नस्ट गरियो । जे होस चाउरिएको गुलाब बट्टै सहित हराएको थियो ।

कालान्तरमा पत्र आदान प्रदान पातलियो र विस्तारै विस्तारै आइ लभ यु पनि चाउरियो ।

फोटोकपी पेपरको प्याकिङ कार्टुन बक्स हुन्छ नी, हो त्यसमा गोरखापत्रमा बेरेर कालो टेपले चारपट्टी टालेका उसबेलाका चिठीहरु पोकै नखोली साँझपख सल्काएँ र  तापेँ । यो तातोले मेरो शरिरमा सल्केको कोरोनालाइ तताएर मार्ला र ? खै !

दिनहरु कति छिटो छिटो वितेछन । कति चाँडै जवान भइगइएछ । भुतले तर्साएझैँ नोस्टालजिक भइरहेछु । बायाँ खुट्टाको पाइन्ट यस्सो माथी सारेर हेरेँ , आफ्नै । कलेज लाइफको खुँखार राजनैतिक जिवन । आन्दोलन, हड्ताल, आम्मामा । एकपटक, स्ववियु चुनाव ताका…… भोट गन्ने क्रममा मतपत्र खसालिएको एउटा ढ्वाङनै गएब भएपछि घमासान युद्ध हुने नै भयो । हामी फुच्चा फुच्ची त भागा रे भाग । ड्याङ्ग पड्किएको बन्दुक, यहि बायाँ खुट्टामा गोलीले चुमेको निसान त विर्सिनै सकेको पो रैछु झण्डै ।

भोग्दा आत्तिएर कठिन लागेका पल, पछि सम्झिदाँ कति प्यारा लाग्ने रहेछन । झन भन्यो झन प्यारो । झन भन्यो झन प्यारो । एनि वे , जानु छ÷सकिँदै छ भनेपछि सिगैँ जिवनै प्यारो लागिरहेछ आज ।

पहिलो पटक प्रेममा डुबुल्की मार्दा फूल माया, पात माया, गमलै माया भएका ति पल आँखैका डिलमा टिलपिल गरिरहेछन ।

सँगै बाँच्ने , सँगै मर्ने क्लासिक सदाबहार कसम त खाएकै हो, तर…………….  । साँच्ची उनलाइ कोरोना लाग्यो कि लागेन होला !

खैर , खत्रा लभ परेकै हो, डिप डिप डिप……………………डिपेस्ट ! सपनामा देखेर विपनामा भेट्ने टाइप्स के । दुःखै बाँड्ने, सुखै बाँड्ने । पछि पो बाटा भिन्न भिन्न ÷ छिन्न भिन्न भए । त्यसपछि ढोका थुनेर एकान्त बनाइयो, एकान्तमा रुइयो । ओशो पछ्याइयो, रामदेव जगाइयो । युट्युवका मोटिभेसन भिडियो निखारियो । कपाल दाहि« प्रतिको हिंशा मोह त्यागियो । यस्ता पलका भोगाइ भन्दा समाधि सजिलो झैँ झैँ हुने घरी घरी त हगी  ! तर अहिले सम्झिदाँ गज्जप आनन्द आइरहेछ ।

प्रेमयात्रा रमाइलो थियो । वर्तमानमा , भविश्यका अनेकौँ सपना थिए । उहि सदाबहार सपान , व्ये गर्ने, घरजम गर्ने । छोरो जन्मिए नताशं नामा राख्ने, छोरी जन्मिए जेनिथ । विट नमारेका सपनाको धागो फुक्यो फुक्यो फुक्यो…. सुक्यो । उनकी छोरी छिन रे, नाम के राखिन कुन्नी ! एनि वे , हे कोरोना ! दोस्रो प्रेम पनि झलझलि आँखैमा छ । प्रेम गर्ने मान्छे चुप लागेर बस्न कहाँ सक्छ र होइन ! पात झरेको रुखमा बसन्तले फर्की फर्की मोहोनी लाए झैँ ।

पहिलो प्रेमिकाको विछोडमा विह्वल भएको मेरो एकलौटा जिन्दगी चैँ देख्दा÷हेर्दा विन्दाश भैखाएछ । यो देखेर मलाइ सम्हाल्न अइपुगेकी मेरी अर्की प्रेमिका आजकल कहाँ छिन कुन्नी । पात बनेर पलाएकी उनी आफ्नै दुनियामा छिन । मेरो रुख चैँ कोरोनाको दुनियाँमा प्रवेश गरिसकेको छ ।

विगत यती रमाइलो थिएछ, फर्केर÷बटारिएर÷तन्केर पछाडि हेर्दै पो हेरिएनछ ।  सुनाउन÷लेख्न÷देखाउन लायक नै पो भैगएछ , अधकल्चो जिन्दगी पनि हगी !

वर्तमानमा जिम्मेवारी हिसाब किताब गर्दै छु, विगत सम्झन योग्य÷लायकको यो पल  गुज्रिरहेछ शनैः शनैः । यि

अब भने बेला भएको छ, सपना लगेर हिमालमा खन्याउने । कोरानो स्वघोषण गर्नु महामुर्खता हुँदै हो । “इमान्दारी की बीमारी , छोडके आजा” हिमाल कलिङ मि गाइज । खासै प्याकिङ छैन , यु नो अबाउट सातुको लड्डुज , यो त बोक्नै पर्छ ।

प्यारका निशानी माला÷औँठी÷घडी÷किताब÷कफि मग÷कि रिङ÷

गिटार÷हेल्मेट÷खुत्रुके÷ट्रेकिङ स्टिीक÷गौतम बुद्धको पोट्रेट÷भुँडे लाफिङ बुद्ध÷पानको पातवाला मैन वत्ति÷शान्ता क्लाउज÷हेडफोन÷मफलर÷………..   …… हरु मलाइ कोरोनाले लगेपछी एक्लै पर्दा हुन, के यि अब मेरो यादमा डुब्छन ? पागल हुन्छन ? ढोका थुनेर रुन्छन ? मेडिटेसन गर्छन ? आफैलाइ भुलाउन÷भुलेर फकिर बन्छन ? …………  ?

कि यिनलाइ पनि कोरोना लाग्छ ?

सायद यादहरुमा इम्मिन्युटी निक्कै कडै हुन्छ । यादहरु कोरोनाले मर्दैनन् । सायद !

म स्वर्थी ÷एकलकाँटे÷घमण्डी÷चिसो छु रे । खासमा चिसोले चैँ कहिल्यै पचाएन मलाइ । हो त , म चिसोमा चिस्सिरहन्छु । चिसो नै एलर्जी भयो जिन्दगीको ।

हिमाल चढ्ने, हिउँ खेल्ने, हिमालमा गएर मेडिटिएट हुने लगाएतका चिसा सपना चैँ सपनै रहेकै हुन । सपना पुरा त के, सुरु नै भएनन् । डाक्टरहरुले पनि चिसोमा नजानु भने, प्रेमिकाहरुले पनि चिसो मानव नै भन्ठाने । हिमालको सपना देख्दैमा कोही कसरी प्रेमिकाको नजरमा चिसो मानव कहलिन्छ , ह्वाट नन्सेन्स ।

अब भने बेला भएको छ, सपना लगेर हिमालमा खन्याउने । कोरानो स्वघोषण गर्नु महामुर्खता हुँदै हो । “इमान्दारी की बीमारी , छोडके आजा” हिमाल कलिङ मि गाइज । खासै प्याकिङ छैन , यु नो अबाउट सातुको लड्डुज , यो त बोक्नै पर्छ । भोली इन्सुरेन्सको किस्ता बुझाउनु छ । पर्सि बिहानै चिसो यात्राको बाटो तताउनु छ ।

एैरे गैरे जस्तो भाइरस भएपनि, एकै स्वासमा विगत, वर्तमान र भविस्यमा डुबाउँदै उतार्दै गरिदिनुभएकोमा श्री श्री श्री एक अर्व आठ कोरोना महाराजलाइ हार्दिक नमन छ ।

एउटा जिन्दगीको एउटै तमासिक सपना थियो । हिउँमा हिउँले पुरिएर÷कठङ्ग्रीएर÷चिसिएर समाधिस्त हुने । यै सपना पुरा हुने छेउ भित्तो मिल्दै गरेको देखेर मन रमरम छ, ओ रोमाञ्चित छ ।

हिमालय मेरो सेल्फ क्वारेण्टाइन, हिमाल मेरो आइसोलेसन । थ्यङ्क यु कोरोना । म हिडेँ हिमाल तिर ।

यो पनि पढ्नुहोस्:

Read also: