आईसीसी टी २० विश्वकप क्रिकेटः भारतले चुम्यो दोस्रोपटक उपाधि

Share:

आइसिसी टी-२० विश्‍वकप क्रिकेटको उपाधि भारतले हात पारेको छ । प्रतिद्वन्दी दक्षिण अफ्रिकालाई ७ रनले पछि पार्दै भारतले उपाधी चुमेको हो ।

भारत यसअघि सन् २००७ र २०१४ मा टी २० विश्वकप क्रिकेटको फाइनलमा पुगेको थियो । २००७ मा पाकिस्तानलाई पराजित गर्दै भारतले उपाधि चुमे पनि २०१४ मा श्रीलंकासँग पराजित भएको थियो ।

१७७ रनको  लक्ष्यमा  जोडदार खटेको  दक्षिण अफ्रिकाले २० ओभरमा ८ विकेट गुमायो र  १६९ रन बनायो । दक्षिण अफ्रिका हेनरिक क्लासेनले २७ बलमा २ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रन बनाएपनि हार टार्न सकेनन् ।

Tags: आईसिसि टि २०, क्रिकेट
यो पनि पढ्नुहोस्:

Read also: