नेदरल्याण्ड्सलाई नेपालको १०७ रनको लक्ष्य

Share:

टस जितेर नेदरल्यान्ड्सले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल १०६ रन मा अलआउट भएको छ।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा जारि आइसिसी टी-२० विश्वकप २०२४ मा नेपाल समुह डि मा रहेको छ ।

लगभग नेपाली दर्शकले भरिएको रंगशालामा खेलाडीहरुले दर्शकको भरपुर साथ पाएका थिए ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए । उनले ३७ बलमा ५ चौका प्रहार गरे ।

खराब सुरुवात गरेको नेपालले चौथो ओभरमा नै दुवै ओपनरलाई गुमाएको थियो ।

नेपाली ब्याट्सम्यानका लागि विपक्षी स्पिनर टिम प्रिङगनल हावी भए। उनले नेपाली कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल  र अनिल साहलाई आफ्नो सिकार बनाएका थिए। उनले चार ओभरमा २० रन खर्चेर ३ विकेट लिए।

लगभग नेपाली दर्शकले भरिएको रंगशालामा खेलाडीहरुले दर्शकको भरपुर साथ पाएका थिए ।

आइसिसि टी २० विश्वकप २०२४ का लागि नेपाली टोलीमा
रोहित पौडेल (कप्तान),

कुशल भुर्तेल,

आसिफ शेख,

अनिल साह,

कुशल मल्ल,

दीपेन्द्रसिंह ऐरी,

गुल्सन झा,

सोमपाल कामी,

करण केसी,

अभिनास बोहरा,

सागर ढकाल रहेका छन् ।

 

Tags: क्रिकेट, नेपाल, विश्वकप
यो पनि पढ्नुहोस्:

Read also: