विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ, कतार । इनर भ्यालेन्सियाको दुई गोल नै कतार विरुद्ध इक्वेडरकाे जितकाे कारण बन्याे ।
उद्घाटन खेलमा २-० को नतिजामा पराजित भएसँगै उद्घाटन खेलमा पराजय बेहोर्ने पहिलो आयोजक टिमकाे किर्तिमान कायम भएकाे छ ।
विश्वकपको ९२ वर्षको इतिहासमा आयोजक राष्ट्र उद्घाटन खेलमा पराजित भएको थिएन।
यो विश्वकपमा ३२ राष्ट्र सहभागी हुने अन्तिम संस्करण हो। सन् २०२६ मा हुने विश्वकपमा ४८ देश सहभागी हुनेछन्

