विमान पाेखरामा दुर्घटना भएको हाे । पोखरा विमानस्थलबाट नजिकै रहेको सेती खोचमा जहाज दुर्घटना भएको हो । विमान अन्तिम पटक पाेखरा अन्तराष्ट्रिय विमानस्थलकाे टावरसँग १०ः५० बजे सेती खाेंच भन्ने स्थानमा सम्पर्कमा रहेकाे थियाे ।
विमान पुरै जलेकाेले दुर्घटनामा परेकाहरुकाे जिवितै उद्धार हुने सम्भावना कम छ ।
खोंचमा भएका कारण उद्धारमा निकै कठिनाइ भइरहेको कुरा उद्धारमा खटिरहेका नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी लगायतले बताए ।
दुर्घटनापछि पोखरा विमानस्थलसहित देशभरका सबै उडान स्थगित गरिएको छ । अन्य गन्तब्यमा जाने विमानहरु पनि ढिला गरी उडिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन विमानस्थलस्थित कन्ट्रोल रुममा पुगेर विमान दुर्घटनापछिको उद्धारको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
यसै वीच मन्त्रीपरिषदकाे आकस्मिक वैठक बसी दुर्घटनाको छानबिन गर्न सरकारले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ । यो आयोगलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ। जाँच आयोगले दुर्घटनाका कारण पहिचान गर्नुको साथै र आगामी दिनमा दुर्घटना हुन अपनाउनु पर्ने सुझावसहित प्रतिवेदन पेस गर्नु पर्नेछ।
सरकारले विमान दुर्घटनाको शोकमा माघ २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ । त्यस्तै घटनाको बारेमा जानकारी लिन चाहने परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने पनि सरकारले निर्णय गरेको छ ।

