विश्वकप फुटबल २०२२ कतारमा सुरु

Share:

विश्व फुटबलको महाकुम्भ  विश्वकप फुटबल २० नाेभेम्बर २०२२  आइतबारदेखि कतारमा सुरु भएकाे छ ।

जुन–जुलाई महिनामा हुँदै आएको विश्वकप यो पटक भने नोभेम्बर, डिसेम्बरमा हुँदैछ। कतारमा गर्मी ज्यादा हुने भएकाले विश्वकप फुटबलको इतिहासमै पहिलोपटक हिउँदमा विश्वकप सुरु हुन लागेको हो। विश्वकपमा रंगशालामा एअर कन्डिसन र एसी जडान भएको पनि यो पहिलोपटक हो ।

राजधानी दोहाबाट ४० किलोमिटरको दूरीमा रहेको अल बायत रंगशालामा विश्वकप फुटबल २०२२ को औपचारिक उद्घाटन समारोह आयोजना गरिएकाे छ । समाराेहमा  विभिन्न देशका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति दिएका छन्।

आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा भएकाे  उद्घाटन खेलमा  इक्वेडरसँग आयाेजक कतार २-० को नतिजामा पराजित भएकाे छ ।

कतार आयोजकका नाताले पहिलो पटक विश्वकप फुटबल खेल्दैछ भने इक्वेडरको भने चौथो सहभागिता हो।

 

२१ औं संस्करणको आयोजक राष्ट्र रुसले भने विश्वकप खेल्न नपाउने भएको छ। युक्रेनमाथि आक्रमण गरेपछि फुटबलको सर्वोच्च निकाय फिफाले रुसमाथि प्रतिबन्ध लगाएको हो।

 

Tags: कतार, फुटबल, विश्वकप फुटबल
यो पनि पढ्नुहोस्:

Read also: