“ मान्छेले आफ्नै मासु खाने हो भने कहाँबाट सुरु गर्छ होला ” भोको घर

बिबिधवाङ्गमय
3K views

Share:

ओजोन बाबु उर्फ आलोक शर्मा

भोको घर

धेरै कचकच नगर, पोथी बासेको मन पर्दैन मलाइ । 

“ भाले त हुनुपर्यो नि यो घरमा, भाले भए त काटेर, साँधेर मसला हालेर ग्वम ग्वाम खाइन्थ्यो ।”

“ हैन खानै नपाए जस्तो गर्छेस त, अस्तीँ भरखर खा’ हैन भाले”

“ कहिले ”

अस्ती क्या त माघे संक्रान्तीमा ।

थुक्क एक बर्ष भयो माघे संक्रान्ती आ’को, अस्तिँ भरखर छ है तिमीलाई ।

भोको घरको संवाद हो यो । मध्यम वर्गिय परिवारमा वर्गिय सोच र आर्थिक संकटले पैदा गर्ने पारिवारिक समस्यालाइ चित्रण गर्ने प्रयास गरेको छ , भोको घरले ।

गोविन्द बहादुर मल्ल गोठालको भोको घरलाई केदार श्रेष्ठले परिकल्पना तथा निर्देशन गरि थिएटर मलमा मञ्चन हुँदै गरेको नाटकमा छिरौँ है त !

साहुको ऋणमा चुर्लुम्म डुबेको घर उकास्न बाउ दिनरात प्लान बनाउने चक्करमा छन । बाउको प्लानको व्यस्तताले यता घरमा चुल्हो बल्नै छोडेको छ । यूनिभर्सिटीबाट दिक्षित छोरो , राजकुमारको कथामय सपनामा पागल छोरी , र खाने कुराको स्वद जिब्रोको टुप्पैमा रहेकी आमाले एक घण्टा राम्रो सदुपयोग गरिदिन्छन , मञ्चबाट ।

साहुको १५ लाख ऋण तिर्न ३० लाखमा घर बेच्ने, बचेको पैशाले धान किन्ने, अर्को बर्ष त खडेरी पर्छ पर्छ । धानको भाउ दोब्बर तेब्बर, अनि त घर, मोटर हरररर्रर् ।

बचेको पैशाले फेरी धान किन्ने , अर्को बर्ष नाकाबन्दी भैहाल्छ । फेरी धानको भाउ दोब्बर तेब्बर । अनि त सुनकै भकारी हुन्छ । – घरमा बाउको प्लान हो यो ।

यता छोराको दिमागमा भोकले यत्ति डेरा जमाईसक्छ की, उ सोचमग्न हुन्छ ; “ मान्छेले आफ्नै मासु खाने हो भने कहाँबाट सुरु गर्छ होला ”

छोरीको चाल भने बेग्लै छ । राजकुमारको कथामा÷सपनामा । राजकुमारी जो ठान्छे आफैलाइ र कल्पनाको संसारमा हराउँछे ।

खासमा यो भोको घरमा एकदमै सन्तुष्ट र बिना चिन्ताको कोही छ भने यै छोरी हो , उर्फ राजकुमारी । शोक न सुर्ता, भोक न भकारी । न ऋणको चिन्ता छ, न भोक को, न बाउको भकारी प्लानको ।

साहुको १५ लाख ऋण तिर्न ३० लाखमा घर बेच्ने, बचेको पैशाले धान किन्ने, अर्को बर्ष त खडेरी पर्छ पर्छ । धानको भाउ दोब्बर तेब्बर, अनि त घर, मोटर हरररर्रर् ।

उ त एकादेशकी राजकुमारी हो । छोरालाई अलिक तनाव छ । भोको पेटले एकोहोरो भइसक्यो । धेरै बोल्दैन , बरु बहिनीको राजकुमारवाला कथा चाख मानेर सुन्छ ।

अचानक भित्रिएको साहुले काहानीमा ट्विस्ट ल्याउँछ । साहु आउँछ र सबका भोका सपना भताभुङ्ग पारिदिन्छ ।  आमाको मासु खाने सपना, छोरीको राजकुमारी .सपना, बाउको तोब्बर÷तेब्बर वाला सपना सब चकनाचुर हुन्छ ।

शनिबारको दिन भएर हो वा सँधै यस्तै हो , हुनसक्छ ।  दर्शक खचाखच छन । बाल्कोनीको चार लाइन कुर्सीले भरिएर तल्लो तलामा झरेका दर्शकलाइ बसाउन निर्देशक केदार श्रेष्ठ आफै कुर्सी बोकेर स्टेजको मुख मुखसम्मै राख्न व्यस्त छन । सँधै भन्दा अलिक कडा प्रस्तुत भएका निर्देशक चुइँगम चपाए वा फ्ल्यास प्रयोग गरे, बिचैमा नाटक हेर्न पाइन भनेर गुनासो नगर्न आग्रह पनि गर्दै थिए ।

गोविन्द बहादुर मल्ल गोठालेले तीसको दसकमा लेखेको एकाङ्की नाटक भोको घर आज पनि उत्तिकै सान्दर्भिक छ । मध्यम वर्गको आवश्यकता, सपान र महत्वकांक्षामा आएका समस्या र दुर्घट्ना भोगाउने भोको घर हरेक समयको प्रतिनिधी यथार्थ हुदैँ हो ।

नाटक बडा रोमाञ्चक छ । वास्तविक झैँ लाग्ने श्रृङ्गार , पात्र ( आकाश मगर, शान्ति गिरी, सुदाम सिके, सञ्जिता सञ्जी, अभय बराल ) र मञ्च लगायतले साँझ छिप्पिएर रात उम्रिँदै गरेको पत्तै पाइँदैन ।

( काठमाडौं मल सुनधाराको माथिल्लो तलामा रहेको थिएटर मलमा  २०७३ को पुष महिनामा मञ्चन भएको यो थियो यो नाटक । त्यहि महिनाको एउटा शनिबार साँझको जाडोमा मुखबाट बाफ उडाउँदै काठमाडौं मलका बिधुतिय भर्याङ उक्ब्लेको थिएँ म । थिएटर मल आजकल त्याहाँ छैन  । थिएटरको साज सज्जा उधारी सकेपछी थिएटर, नाटक , यसको औचित्य लगायतका विषयमा नाटकका पारखीहरुले गरेको बहस र त्यसको चर्चाले मन खिन्न भएको थियो त्यसबेला । खुसिको कुरा थिएटर मल फेरी उभियो । थियटर मल किर्तिपुर रङ्गमञ्चको रुपमा ।  आज कोरोना भाइरसको कारणले देशमा लकडाउन छ । सेल्फ क्वरेण्टाइनमा रहँदा पनि रङ्गमञ्चबाट टाढा हुन नदिन अभियान थालेको छ उही थियटरम. मलले । थिएटर मल किर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्डे«न ( टिसिसी नेपाल )ले सयुंक्त रुपमा फेसबुक लाईभ मार्फत नाटक देखाइरहेको छ । “ क्वारेण्टाइन अभियान नाट्य उत्सव– २०७६ ” ( भर्चुअल नाट्य भहोत्सव ) मा आज ( २०७६ चैत्र २८ )  मा भोको घर हेरेपछी त्यो पुसको यादले निमोठेर ल्यायो । साँझ छिप्पिसकेपछी मलबाट फुत्त निस्केर रत्नपार्क बस कुर्दा नगरबधुले जिल्याएको स्मरण अर्को भेटमा अवस्य सुनाउने छु । अहिले भन्नेलाइ फूलको माला । जय नटक, जय थिएटर । )

यो पनि पढ्नुहोस्:

Read also: