ब्ल्याक कफीको प्रमिस ३

वाङ्गमय
412 views

Share:


ओजोन  बाबु उर्फ आलोक शर्मा 

त्यो हिउँदको बेला थ्यो, पात्ले फुलेर मगमग बासाइरहेको घना जंगल हुँदै हाम्रो पैदल यात्रा उकालो लाग्यो । लगभग लगभग आँफु जत्रै झोला बोकेर रातो चम्किलो रङको टेक्ने लठ्ठीले बाटोमा ट्याक ट्याक आवाज आउने गरि टेक्दै टेक्दै अगाडी छ्यौ तिमी । पछी बसेर तिम्रो उत्साहजनक तिनखुट्टे यात्रा देखेर म नि रमाईलो मानिरहेको छु ।

अलिक पछी म नि आफूजत्तीकै भारी झोला बोकेर निख्खर कालो रङको लठ्ठीको सहारामा लम्किदैँ छु । “क्यामेरा भारी भयो भनेँ, लेउ म बोक्छु त भन्यौ।  आफूलाई हरियो जंगल नि खिच्नु छ, लेउले सिध्याउन आँटेको ढुङ्गा नि खिच्नु छ, पात्लेमा अरमठ्ठीएको कट्टुसको काँडा नि जुम तान्नु छ । अनि त भारी  माथी भारी छ क्यामेराको । बरू अहिले काँ देखि तिम्लाई नै बोक्नु पर्ने हो के ठेगान हगी ।

तस्विरः ओजोन बाबु

अनि हामी अनवरत उक्लिरह्यौँ,  माथीबाट तल…….. बादल हेरेको त्यै बेला त हो । बादलको समुन्द्र जस्तो लाग्ने यत्ती धेरै , यत्ती बाक्लै बादल कि झ्वम्म हामफाल्दा बादलमै अड्किएला जस्तो ।बादलको  क्लोज अप सटले चित्तै नबुझेपछी छेउकै डाँडामा तिम्ले पनि झोला बिसायौ । साईड पकेटबाट थरमस झिक्यौ, भित्रबाट सातुको पोका, मिस्रीको डल्लो , किसमिसका टुक्रा हगी ! थरमसको बिर्काेमा तातो पानिमा ती पदार्थ घोलिरहँदा सुटुक्क तिम्रो एकाग्र मुहार, नजर हेर्न भ्याएँ अनि सोचेँ( यत्ति सानो काम त यसरी मन लाएर गरिराछे, यो केटीले पाल्छे होला मलाई झै झैँ भईगयो । तिमीले घोलेको एक बिर्काे सातु मिली मिली घुट्क्याइउँ अनि तिमी डाँडामा उभिएर बादलको समुन्द्र हेर्दै मख्ख परेको लोभलाग्दा तस्बिर जुम गरि गरि लिएँ  । तिमीले पत्तै पाईनौ आँखा छेउको कोठीे मात्रै पनि बडा सानदार देखाईदियो जुमले । धन्य हो जे पनि सुन्दर देखाईदिने क्यामेरेश्वर , कोटी कोटी प्रणाम छ ।

अलिक पछी म नि आफूजत्तीकै भारी झोला बोकेर निख्खर कालो रङको लठ्ठीको सहारामा लम्किदैँ छु । “क्यामेरा भारी भयो भनेँ, लेउ म बोक्छु त भन्यौ।  आफूलाई हरियो जंगल नि खिच्नु छ, लेउले सिध्याउन आँटेको ढुङ्गा नि खिच्नु छ, पात्लेमा अरमठ्ठीएको कट्टुसको काँडा नि जुम तान्नु छ । अनि त भारी  माथी भारी छ क्यामेराको ।

तिम्रो ज्याकेटको गोजिमा भएको भुटेको मकै चपाउँदै संगसंगै हिन्यौ त्यसपछि चैँ । घरी घरी हामी जिस्किन्छौँ, अलकति उर्जा देउ न भन्छ्यौ तिमी, हिउँको सिरेटोले चिस्याएको तिम्रा हिउँभन्दा चिसो गालामा हल्का न्यानो उर्जा थपिदिन्छु , त्यसपछी तिम्रो हेर्न लाएकको मस्काईले ममा पनि उसै उसै उर्जा थपिन्छ अनि  फटाफट लम्किन्छौँ । केहीबेर सुन्यता छाउँछ स बाटोमा जुत्ता र लठ्ठीको संगीत बाहेक केही छैन ।

पैदल यात्रामा खुट्टाले भुईसंग मिलेर निकालेको धुन संसारकै मिठो धुन हो । एकछीन मग्न भएपछी फेरी चल्न आउँछ्यौ तिमी, घरी पछाडी बाट तान्छ्यौ, घरी मेरो पनि लठ्ठी खोसेर टेक्दै ठम्ठम्ती दौडिन्छ्यौ , अनि धेरै बेरपछी म थाकेर डाँडामा पुग्दा थरमसको बिर्काेमा सातु घोलेर तयार बनाएर पर्खिराखेकी तिमी देखेर हुरूक्क हुनेगरी माया लागेर आउँछ । झोला बेपर्वाह फालेर गवम्लङ्ग अँगालो हाल्दा मनमा शान्ती मिल्छ तुरून्तै । तिमी कत्ती जाती हगी ।

फेरि त्यै तिम्रा लोभलाग्दा पोजहरूका क्लोज अप सटपछी  गोजिका मकै भटमास चपाउँदै , जिस्किदैँ, चल्दै, उर्जा साट्दै हामी हिँडिरहेछौँ अनवरत ।

तिमी अब त लास्टै गलेँ भनेर फ्यात्तै भुईँमा बस्दिन्छ्यौ, अब त आई नै पुग्यो एक्कै स्टेसन मात्र हो भन्दै भन्दै उर्जा थप्दै हिडाउँदै गरे पनि, ३र४ पटकदेखि त पत्याउनै छोड्यौ । त्यसबेला त उर्जाले नि काम गरेन, सार्है अप्ठेरी पो भैगयौ हेर्दा हेर्दै । अनि त तिमी बस्यौ र उठ्दै उठिनौ, अब म एक पाईला नि हिँड्नै सक्दिन भनेर जिद्दी नै गर्याै । तिम्रो जिद्दी है फेरि …..नसक्नु नै छ वास्तवमा । अब चैँ पक्का एउटा स्टेसन हो पक्का भनेपछी तिमी उठ्यौ, र हिड्यौँ  तर एउटा शर्तमा । शर्त थ्यो बाटोभर तिम्रो हात समातेर डोर्याउनु पर्ने मायाले । करले या रिसले होईन । अनि अबको एक स्टेशनमा पनि पुगिएन भनेँ, पहिला झोला पुर्याएर राखेर , आफूलाईलाई पनि बोकेर पुर्याउनु पर्ने । तर हाम्रा पाईला र हाम्लाई डोर्याउने लठ्ठीले भनेबमोजिमकै एकै स्टेम्शनमै गन्तव्य चुमेपछी तिमी त झण्डै उड्यौ, तिमी यत्ती रमाउली सोचेकै थिईन, तिम्रो खुसिले मलाई नि मख्खै बनायो ।

हिउँ खेल्दै युवती । तस्विरः ‌ओजोन बाबु

बादलभन्दा माथीको त्यो गन्तब्यको कठ्याङ्ग्रिने चिसोमा हामी भनेँ पग्लिरहेका थियौँ । पहिला पहिला बादलले आकाश छुन्छ कि झैँ लाग्थ्यो , तर हामी त हिमालले आकाश छेड्न आँटेको देखेर छक्क बाट हुँदै हुँदै तीन छ्क्कमा पुगेर मख्खको चरम शिखरमा थियौँ । तिम्रो त भुईँमा खुट्टा थिएन । हिउँ पोक्याएर डल्ला पार्दै मलाई हिर्काउनै आ’कि हौ त यत्रो हिडेँर , तिमी एक एक छिनमा, एक एक चिजमा रमाएको देखेर म एक हदसम्म त चकितै भैगएँ । तिम्रो यो अदभुत मनोरञ्जन मुड यसभन्दा अगाडि काँ देखेको थियेँ त ….?

अचानक मलाई लेक लागेको घोषणा गर्याै तिमीले । हाई हाई गरेछुँ पटक पटक, रिङ्गटा लाग्यो रे मलाई, हेर्दा हेर्दै निन्द्रा लाग्यो भनेँ रे । सातु घोल्नु, जिवनजल घोल्नु, मिस्री फुटाउनु एक स्वासमा सक्यौ । र अमृत जल झैँ पिलायौ म

बौरिएँ अनि अचानक चमक हराएको तिम्रो मुहारको तस्बिर लिएँ । म फ्रेस भएसंगै तिम्रो अनुहारको चमक फर्किएपछी तिम्रो खुट्टा फेरि भुईँमा थिएन ।

टाकुरामा निकै अल्मलियौँ हामी । अलि र्प हामाल चैँ कम्मर मुनि बादलको गुन्यूँ लाएर माथी नाङ्गै झैँ ठडिएकै थियो ।

तिमीले हात फैलाएर हिमाललाई अङ्गालेझैँ गरेको आरिसलाग्दो  फोटो खिच्ने जिम्मा मेरो हुँदै हो । टकुरामा फैलिएको चौरमा भएका देवरदेवीलाई मगमग अगरबत्ती धुवाउँदै गरेको, नमस्कार मुद्रामा परिक्रमा गरेको हरेक तस्बिरको ब्याकग्राउण्डमा हिमाल निकाल्नुपर्ने तिम्रो ठाडो आदेश हुबहु पालना गर्न तल्लिन थिएँ म ।

सेताम्मे हिउँमा लडिबुडी गर्न त बाँकी नै र’छ, त्यसलाई नि झेलेँ । घमाईलो दिन थियो, घाम बास बसेर बिहानै निस्किने हिमाल तिँ पर्तिर थियो ।

सेतो तन्ना ओछ्याईए जस्तो हिउँमय भुइँमा चहकिलो छायाँ चलमलाएको प्रस्टै देखिन्थ्यो । यस्तो  पावन मौका किन छोड्थ्यौ तिमी । हामी दुईलाई एक  झैँ देखिने छायँ आकृतीमा डिजाईन गरेर त्यसको फोटो खिचिक पार्ने कमालको आईडिया तिम्रै त थियो ।  हिउँले चिस्सिएर कुल भएरै हुनुपर्छ, त्यो हिमाल भन्दा मास्तिरको डाँडामा हामिले हाम्रा तमाम उतारचढाव बिसाए झैँ लाग्यो ।

“ तिमीले भगवानसंग के माग्यौ ?“ मैले बेल्न आँ… गर्दा गर्दै “ नभन् नभन् भगवानसंग मागेको कुरा कसैलाइ भन्नू हुँदैन, भन्यो भने पुग्दैन , त्यसै पनि तिम्ले के माग्छौ मलाई था छ“ आफैव जवाफियौ । कितुं खै…. तिमीलाई के था थ्यो गड नोज !

यात्रिहरु पाथिभरा ताप्लेजुङ । तस्विरः ओजोन बाबु

करिब करिब आफु जत्रै झोलाबाट खासै केही घटेको त पक्कै थिएन, तर तिमी ओरालोमा प्वाँख झैँ हल्का झरिरहेकी थियौ । फेरि पनि म पछाडी नै छु । आउँदा जस्तो सकस छैन ओरालोमा तिमीलाई । म अचम्मित ओ… अचम्मित भैईरहेछु । हे ह्वाट्स अप …? ( “ मलाई ओरालोमा हिँड्न सजिलो हुन्छ क्या“  । यो वार्तालाप हामी पर परै बाट गर्याैँ, करिब करिब चिच्याएर नै ।  मलाई चैँ ओरालोमा हिँड्न बहुत कठिन हुन्छ । हेर्दा हेर्द तिमी ओझेल पर्याै । म केयरफुल्ली लट्ठीलाई साहारा दिईरहेको छु , कि कतै यो सहारा नभाँचियोस । र ओर्लिरहेको छु जिन्दगीको यात्रा झैँ ।

बल्ल भेटिएकी तिमी गलेर बिसाएझैँ भेटियौ । नगलेकी भए सायद भेट्दिन थिएँ कि । खैर तिमी भेटियौ तर तिमी त एकदमै मायालाग्दी छ्यौ त ! आँखा टिलपिल छ । आर यू फाईन …? ( ..“ नो “

अंगालोमा अड्याएर बिस्तारै ओरालिरहेछु खुट्किलाहरू । तिम्रो खुट्टा जो मर्किएको छ । ’खुब मच्किँदै उफ्रिराथ्यौ नि, भेट्यौ( खुच्चिङ ’ भन्न मा लागीराथ्यो । तर मायाले ग्वम्लङ्ग छोपेर ल्यायो । त्यो अंगालोमय यात्राभर तिमी बोलिरह्यौ , म सुनिरहेँ ।

रूखमा अल्झिएका हिँउका त्यान्द्रारू सिरसिर चलेको बतासले हल्लाएर एउटा एउटा गर्दै खसालिरहेको छ । हावाले उडाउँदै ल्याएर तिम्रो कपालमा अल्झाउँदा तिमी सेताम्मे फुलेकी बुढीमान्छे हिउँआमा झैँ देखिरा’कि छ्यौ । मैले बढीमान्छे भन्दा तिमी एकोहोरिएकी देखेर म पो खत्रा भावुक हुन पुगेँछु ।

तिमी सेलफोनको सेल्फी मोडबाट आफूलाई नियाल्दै , त्यहाँबाट आँखै नहटाई “ के तिमी म बुढी हुँदासम्म म संगै हुन्छौ “ भन्ने वाक्य उच्चारेर मलाई अवाक बनाईदियौ ।

सायद म बुढै हुन्न होला , भन्दिउँ कि झैँ पनि लाग्यो । फेरि,  तिमी मसंग भयौ भने त अवश्य , टाईप्समा जवाफित भएँ ।

अंगालो अंगालैमा ओरालो यात्रा बिस्तारै खत्तम हुँदै थियो । दायाँ बायाँ फूलै नफुलेका रूखा पाखालाई साक्षी राखेर , मायाले निथ्रुक्क भिज्दै यात्रा निखार्दैँ थियौँ हामी । तिम्रो मर्किएको खुट्टामा तातो तेल खन्याउनु मेरो अर्काे प्रेमिल ड्युटी बाँकी नै थियो ।

यात्राको हरेक पल उत्साहले भरिपुर्ण थियो । कति प्रेमिल थियो भनेर हामी ओकल्न सायदै सक्दैन थियौँ पनि । वास्तवमा यात्रा आफैमा कठिन हुँदै हो, तर हामीले गर्याैँ त्यो पनि संग संगै । हाउ ईन्ट्रेस्टिङ ।

बिस्तारै यात्राका पल तस्विरले मात्रै सम्झाउने गरि धुमिल हुँदै गए । पलमा धुलो जम्यो । त्यसपछीका हाम्रा दैनिकीहरू कहिले सलल बगे, कहिले झरना भई माथीबाट खसेर छताछुल्ल भए, कहिले दह भै जमे । यी फ्रोजन पल कहिले ब्ल्याक कफिको  प्यालामा घोलिए, कहिले गुनासाका त्यान्द्रामा अल्झिगए, कहिले अनामरवेनामका सम्बन्धमा फसिगए , कहिले ईगो र एटिट्युडले अल्मल्याउँदा  भए , कहिले कुन्ठामा गम्सिए ।

 एवंरितले उतारचढाव हुँदा भए । उतार र चढाव दुवैमा हामी कावु बाहिरकै भयौँ । अजिव अजिवका व्यवहार प्रदर्शन हुँदा भए,  मानौँ ती हाम्रा जन्मजात सोखै हुन । तिमी रिसले आगो हुँदा सिमकार्ड चपाउँथ्यौ र सेलाएपछी नयाँ खरिद गर्न टेलिकमको अफिसियल काउण्टरमा फेला पर्थ्यौ । यता म छटपटाएर आफैलाई बिरसिजान्थेँ , किन्तु आई एम फाईनको नारा लाउँदै हिड्थेँ ।

यस्तै यस्तैमा , यस्तो दिन पनि आईहाल्थ्यो कि फटाफट २(३(४र४ वटा सम्म कुल्फी थपी थपी खाँदै गरेको भेटिन्थ्यौँ संगै । कुनै गर्मिलो , जुनेली साँझ सडक छेउका ठेलामा । खोसाखोस कुल्फी चुसेर कुल कुल हुन्थ्यौँ हामी दुई । हेर्दा हेर्दै हेर्न लायकको लोभलाग्दो जोडी देखिन्थ्यो बिच बजारमा हगी। कुल पलमा आँखा आँखा  ओ नजर नजर खुब गफिन्थे । नजरहरू माफिन्थे । आफ्ना आफ्ना अजिवोगरिब व्यबहारका जिम्मेवारी लिन्थे अनि प्रेमिल हुन्थे । अनि बाचा ,कस्सम । अनि हराउनु , घोलिनु , मिसिनु … यस्तै यस्तै यस्तै ।

परन्तुस् फेरि बिस्तारै बिस्तारै गर्मिलो दिनसंगै हामी तात्तिएको स्वंयलाई पत्तै नभएपछी ( बोल्दा बोल्दै आवाजकै करङ भाँचिने गरि भित्तामा बजारिन्थ्यो मोबाईल । यता फोन काँचै चपाउथेँ म । एकदिनको कुरा हो, फोन चपाउने क्रममा आगाडीको दंत लहरबाट एक दाँतले आफ्नो एक अमुल्य चोईटा गुमायो ।

अर्काे कुलर मिटिङमा मेरो चोईटिएको दाँत सहितको दंत लहर हेरेर, आफ्ना सेता दाँत देखाएर ङिच्चिन्थ्यौ । हाय !  ती सेता दाँत देखाएर हल्का मुस्कुराएको त्यो मुहार तिम्रो सबभन्दा राम्रो मुहार हो कस्सम !

शुभम फाउण्डेशन । तस्विरः ओजोन बाबु

खै कतिपटक मेरा कन्सिरी तात्तिए ,तिम्रा आँखा रापिला कोईला भए , ठुल्ठुला भए त्यो त उम हुँ गनिन । तर कहिले काहीँ पटक पटक रिसै रिसमा तिमी भन्थ्यौ , “ एकदिन यति टाढा जान्छु यति टाढा जान्छु कि तिमीले खोज्दा नि भेट्दैनौ ।” त्यो साँझ रातो मखमली फूल दुवै मोहोडमा कुदिँएको कालो गाढा रङको मगमा ब्ल्याक कफिसंगै धित मरुन्जेल घोलिएर, केही मिठा वात गरेर , मनको चङ्गा उडाउँदै आफ्ना आफ्ना लट्टाई एक अर्कालाइ थमाएर उडेका हामीलाई एैरे गैरे जो कोहीले बादल भन्दा माथी  पक्कै देखेको हुनुपर्छ । एउटा प्रभातमा ,जसलाइ शुभ भन्न लाएक छोडिनौ तिमीले, मगमा ब्ल्याक कफिलाइ साक्षी राखेर  लट्टाई यसो बटारेँ, तिम्रो चङ्गा थिएन पर् पर् सम्म । आखीरमा हामी दुवैले चाहाँदै नचाहेको त्यो कालो÷मैलो दिन आउन सफल भयो र तिमी गयौ÷गइछ्यौ । त्यसपछी तिमी बिना प्रभातका ब्ल्याक कफि यै गाढा कालो मग झैँ अन्धकारमय छन । शुभ छैनन् प्रभातहरु । तिमीलाई पक्कै लागेको हुनुपर्छ कि निक्कै टाढा गयौ । मैले खोजेको नै त छैन , तर मेरो ब्ल्याक कफीको प्रमिस म तिमी भएको महशुस गर्न सक्छु ।

यो पनि पढ्नुहोस्:

Read also: