ब्ल्याक कफीको प्रमिस २ अनलाइन भर्सेज अफलाइन

वाङ्गमय
369 views

Share:

ओजोन बाबु उर्फ आलोक शर्मा



समयलाइ वित्नै हतार छ ।

वितेको पत्तै हुँदैन ।

मिलेर बस्न खोज्दा खोज्दै नमिलेर एउटै मेसेजमा छिन्नभिन्न भा’को हिँजो÷अस्ती जस्तो झैँ लाग्छ ।

हेर्दा हेर्दै दशैँ आयो–गयो, भरखर त भुकम्पमा आफ्नो भन्दा बढी माया लागेको , छिनछिनमा टेक केयर भनेको भन्यै गरेको त आँखै अगाडी छ÷मनमै छ÷मस्तिस्कमै छ– कस्सम ।

खासमा के भने, साँढे चार बर्ष देखी उनी मलाई औधी माया गर्दै आइन, म पनि ठ्याक्कै तेत्तिनै समयदेखी उस्तै मया गरिरहेँ, गरिरहेँ, गरिरहेँ…..।

नेप्से सुचांक जस्तो हाम्रो मायामा हप्तैपिच्छे उतार चढाव भने भइरह्यो ।

पछिल्लो समयको कुरा हो । उनी विहानै रातो स्कुटीमा आउँथिन । रातो रङ उनको फेभरेट थ्यो, पछी मेरो पनि भयो । मलाइ पछाडी बसाउँथिन । “ एकपटक हग गरिस्यो न” भन्थिन । म पछाडीबाट कस्सेर उनलाई हग गर्थें । उनको “ थ्याङ्क यू बाबा”  पछि हामी कफी पिउन जान्थ्यौँ । वास्तवमै यहि कफी त थियो हामीलाइ नजिक्याउने ।

म कफी पिउन थालेपछी २÷३ पटक थपेर नपिई चित्तै नबुझ्ने, भएछ के भने उनको त्यही बानी रहेछ । खासमा हामी संगै काम गथ्र्यौँ । भन्छन नि सहकर्मी । त्यसमाथी कफी भोगी÷अम्मली — हामी विच

बोलचाल..

फोन÷एसएमएस.. हुँदै हुँदै

आई लभ यु

आई लभ यु टु सम्म पुग्यो ।

बिहान हामी घण्टौँ सम्म गफिन्थ्यौँ, रातमा देखेका सपनाका कुरा गथ्र्यौँ । उनी मेरो सपनाको अर्थ लाउँथिन र हामी शुभ—अशुभ छुट्याउँथिम ।

उनले एकदिन गज्जपको आइडिया सुनाइन “ यदि हजुरले मलाइ सपनामा देखिस्यो भने, सिरानि उल्टाईस्यो उता म पनि सेम त्यही सपना देख्छु ” । यसरी हामी सपनामा पनि संगै हुन्छौँ । हम्म्म् दाम्मी आइडिया थियो त्यो ।

हाम्रा सुनौला दिन वित्दै थिए , हामीलाई दिन , रात, हप्ता, महिना, बर्ष बितेको पत्तै थिएन । चिन्तन चौतारी, मनशान्त क्याफे, फन एण्ड फुड भिलेज, गो गार्डेन, शान्तीवन  हामीले समय विताउने प्रेमिल भुमीहरु साक्षी थिए हाम्रा प्रेमिल पलका ।

घण्टौँ गफिनु, आफैलाइ बिर्सेर हराउनु, समय स्थिर भएको अनुभव गर्नु, र यि सबलाई ब्ल्याक कफिमा घोलेर त्यसमै डुबुल्की मार्नु त हाम्रा दैनिकी नै भए । ब्ल्याक कफिमा माया घोल्नु, मायामा ब्ल्याक कफिको स्वद मिसाउनु यि दुवै अनुभव साक्षि थिए हाम्रा प्रेमिल पलका ।

के चैँ पो गरिएन होला र खै……

अबदेखी एक अर्कालाइ मन नपर्ने काम÷कुरा नगर्ने कसम खाइयो,

झुट नबोल्ने बाचा भयो,

भेट्न मन लाग्ने वित्तिकै भेटिहाल्ने योजना भयो,

उनी ठुस्किदा मैले फकाउने, म विच्किदा उनी नम्र हुने सिस्टम बन्यो,

कल इग्नोर नगर्ने, कि रिसिभ÷कि कट गर्ने,

सबभन्दा ठुलो त, सँगै मर्ने सँगै बाँच्ने कसम खाइयो,

कुनै पनि हालतमा साथ नछोड्ने बाचा गरियो ,

यस्तै यस्तै ।  प्रेमका नियमहरु बनाइए , नियम पालना गर्न ब्ल्याक कफिको कसम खाइयो ।

मैले सबभन्दा पहिला उनको नाम ‘अनि की’ राखेँ (उनको बिच बिचमा ‘अनि की’ भन्ने थेगो जस्तै बानी थियो ) । उनले नाइ काली भनिस्यो न भनिन् । त्यसपछि काली, जानु, जुम्री, राम्री, रानी, पोक्ची, टोक्ची, नानु, बोक्सी, बेबी, हुँदै हुँदै ….. जे भने पनि मि टु ÷ मि टु भन्ने उनको बानी नै भएपछि त उनको नामै मिटु राख्दिएँ । उनलाइ खुब मन प¥यो यो नाम “मिटु” ।

मेड फर ईच अदर .नभएको घोषण गरेर उनि गईन । नेप्सेको परिसुचक जस्तो उतार चढाव भइरहने सम्बन्ध स्थिर भयो । हाम्रो यो उतार चढाव परालको आगो हुनलाई हामी जोइपोइ हुनै नपाइ हाम्रो आइ लव यू— आइ लव यू टु , अन्ततः आइ लव यू टु मच भइगयो ।

उनले पनि त के के राखिन राखिन भन्न पनि लाजै लाग्छ , तर उनको मुखबाट सुन्दा वाह ! अनन्दै आउने भन्या । उनले स्टुपिड भन्दा समेत सुनौँ सुनौँ लाग्ने ।

एवं रितले हाम्रा प्रेमिल समयहरु वित्दा भए, वित्दै थिए ।

एक दिन उनको मेसेजको घण्टी मेरो मोबाइलमा बज्यो , अचानक भने होइन । सधैँ झैँ नै बज्यो ।

“ वि आर नट मेड फर इच अदर, प्लिज मैले दिएका÷मेरा याद आउने सबै चिजहरु जलाइदिनु , मलाई बिर्सिनु ” यो मेसेज थियो ।

मेड फर ईच अदर .नभएको घोषण गरेर उनि गईन । नेप्सेको परिसुचक जस्तो उतार चढाव भइरहने सम्बन्ध स्थिर भयो । हाम्रो यो उतार चढाव परालको आगो हुनलाई हामी जोइपोइ हुनै नपाइ हाम्रो आइ लव यू— आइ लव यू टु , अन्ततः आइ लव यू टु मच भइगयो ।

त्यसपछी आजकल त्यै शान्तीवनको ब्ल्याक विन्स क्याफेमा घण्टौँ कुरिबस्छु । प्रचण्ड गर्मिमा प्रचण्ड तापसहितको ब्ल्याक कफि पिउँदै रोज पर्खिबस्छु । मेरो निम्ती यो उग्र गर्मीमा रातो छाता ओडेर कोही आउँदैन । सायद पर्खाई मेरो स्वादको विषय हो । सायद कहिल्यै फर्केर नआउने  कसैको पर्खाइमा छु । सायद अब यो एकान्तको क्याफेमा यै ब्ल्याक कफी मेरो आफ्नो हो ।

यो पनि पढ्नुहोस्:

Read also: