मृत्यु

वाङ्गमय
374 views

Share:


ओजोन बाबु आचार्य
आज मेरो मृत्यु भयो
हो
प्रकृतिको नियम अनुुसार
मैले मर्नै पर्यो

तर
म मेरो मृत्युमा रोईरहेको छैन
न त मैले कुनै
गुनासो नै गरिरहेको छु ।

मैले खासमा
धेरै मृत्युहरु भोगिसकेको छु
म मृत्युहरुसंग अभ्यस्त भइसकेको छु ।
यि मृत्यु हरुलाई
मैले दुखद नभनि रहँदा
या कुनै प्रचार नगरिरहँदा
कुनै दुस्मन रमाउन पाएको छैन
या भनौँ न
मेरो मृत्युको उत्सव मनाउन
तत्पर भएकाहरु
अन्जान छन ।

म मेरो मृत्यु
स्वयं आफै भोग्दैछु
एउटा जिन्दगीमा
धेरै वटा
मृत्यु भोग्नुको
स्वाद चाखिरहेको छु
मृत्युको अनुभव
बटुलिरहेको छु

मरिरहेको छु
मरिरहेको छु ।

यो पनि पढ्नुहोस्:

Read also: