
- हजुरबा ! नगरका एक हाकिम नेताले अपांगहरु देशकै बोझ हुन पो भनेछन् त ? साँच्चै अपांग बोझ नै हुन् ?
बोझ होइन, अपांगहरु देशका निधि हुन सक्छन् । उनीहरुमा फरक क्षमता विद्यमान हुन्छ । अवसर र संरक्षण पाएमा उनीहरु सबलांग भन्दा अब्बल काम गर्न सक्छन् क्या !
- तेसो भए, अपांगलाई हेर्ने उनको दृष्टिकोण नै अपांग छ कि भन्ने सन्देह पो भो त ? के भो त ?
- अनि नि हजुरबा ? अँ भन् भन् ।
- अपागंता सम्बन्धी नगरसंग मिलेर काम गरिरहेका गैसस कर्मी र स्वास्थ्य शाखाका कर्मचारीको पनि सातो खाए अरे नि ? खान खोजेको चिज खान नपाएको रनाहामा सातो खान खोजे होलान् नि !
- उसो भए, अपांगको हितमा चलिरहेको परियोजना जानी जानी बिच्क्याउने औख्याइँ गरेजस्तो पो भो त ! त के भो त ?

