हजुरबा, खोटाङका प्रमुख जिल्ला अधिकारीले स्थानीय सरकारका निर्णय फेरबदल गरेको हल्ला छ नि ?
होला, गरे पनि होलान् । जिल्लाको प्रमुख अधिकारी हुँदा पनि थोरबहुत हच्काउन नपाउँदा नमज्जै हुँदोहो ।
स्थानीय सरकार भनेको जनताका लागि मात्रै सरकार हो कि अरुका लागि पनि हो ? सरकारले के निर्णय गर्छ भनेर चियाउने वा करेक्सन गर्ने काम प्रजिअले गर्ने हो र ?
प्रमुख जिल्ला अधिकारी भनेको केन्द्र सरकारको प्रतिनिधि हो नि त ।
उसो भए स्थानीय सरकारले कुनै निर्णय गर्नु पर्दा प्रमुख जिल्ला अधिकारीलाई फड्केमा राख्नै पर्ने जस्तो पो भो त ?
के भो त !

