के का लागि चाडबाड ?

विचारसम्पादकीय
473 views

Share:

दशैँ, तिहार, छैट, ईद, बकरिद, ल्होसार, क्रिसमस जस्ता ठूला चाड पर्वको महत्ता किन पनि अझ बढी मुखरित भएको छ भन्दा यस्ता पर्वहरुको अवसर पारेर परदेश जानेहरु घर फर्किने मेसो मिलाउने गर्छन् । वैदेशिक रोजगारीको पीडाले ग्रसित हाम्रो समाजमा घर फर्किने कुनै विशेष अवसर नहुने हो भने विदेश भासिएकाहरु कमाउने धोको नपुगुञ्जेल घर फर्किन नचाहलान् । त्यस्तो अवस्थामा परिवारजनमा के गुज्रेला ? यस्ता चाड पर्वले परिवार मिलन र आनन्द महसूस गराउँछन् । निश्चित रुपमा हाम्रा चाडपर्वहरु खर्चालु र भड्किला बन्दै गएका छन् । यो चलनलाई सँच्याउनु पर्ने बेला पनि आएको छ । हुनेले तडकभडक बढाउँदा नहुनेलाई अझ बढी पीडा थपिन जान्छ । यसमा समाजका सबै मानिस संवेदनसशील हुन आवस्यक छ ।
केही समय यता दशैं तिहार जस्ता चाडपर्व मान्नु हुँदैन भन्ने जस्ता बितन्डा र उखुर्ची पनि कुनै तह तप्काबाट आउँदैछन् । त्यस्तो उखुर्ची निकाल्नेलाई हामी के भन्न चाहन्छौँ भने, जसलाई मनाउनु छैन, नमनाउनू । तर जसले मनाउन रुचाउँछ, उसलाई व्यवधान पाइँदैन । किनभने, धर्मनिरपेक्षताको तात्पर्य यो होइन कि संस्कार संस्कतिको परिपालना गर्न बाट वञ्चित हुनु परोस् । दशैँ नमान्ने हो भने के चाँहिँ मान्नु प¥यो त ? विकल्प त चाहियो । दशैँ मान्नु हुँदैन भन्नेले मान्दै आएका चाडबाड दशैँ मान्दै गरेकाहरुले पनि मानिदिनुपर्छ भन्ने कसेको जिकिर हो भने त्यसो भन्नै पाइँदैन भन्ने हाम्रो जिरह हो । कुरा यति हो कि समाजमा प्रचलित मूल्य मान्यताहरुलाई जवर्जस्ती पलायन गराउने नियतले समाजालाई विथोल्छ मात्रै ।

विजया दशमी मान्नेजति सबैलाई हाम्रो शुभकामना छ ।

यो पनि पढ्नुहोस्:

Read also: