लाखौँ बर्षको सभ्यता, भताभुङ्ग पो हुन्छ कि

वाङ्गमय
835 views

Share:

भोटे कुकुर हो कोरोना, मानिसलाई भुक्दैछ ।
उसको एरिया छिर्नेलाई, नराम्ररी टोक्दैछ ।।

साह्रै सानो छ यो छुसी, आँखाले देखिंदैन ।
गति यसको विचित्र छ, छेकेर छेकिंदैन ।।

मान्छेबाट मान्छेमा गै, मान्छेसंगै यो बाँच्दछ ।
मान्छेको तन्तुमा छिरी, मान्छेलाई नै गाँज्दछ ।।

मान्छेले मान्छ्ेकै साथ, जोगिने हो कसो गरी ।
मान्छेकै संसर्गमा ब्याधी, फैलिसक्यो दुनियाँभरी ।।

मान्छेले मान्छेलाई छुँदा, कोरोनाले पो छुन्छ कि ।
लाखौँ बर्षको सभ्यता, भताभुङ्ग पो हुन्छ कि ।।

जानपाहरु भन्दैछन , एक्लै बसेर एक्लै खा ।
अरुलाई आउन न दे, आफू पनि जाँदै न जा ।।

कतिन्जेल चल्ने हो यस्तो, बाँच्नुपर्ने कसो गरी ।
समाज बिनाको मान्छे त , हुनेहोला पशु सरी ।।

मैल्यायो यो व्रम्हाण्ड मान्छेले, कसरी पो ढाँट्ने होला ।
बाक्लिएको मानव फसल, प्रकृतिले छाँट्ने होला ।।

मान्छेले मान्छेलाई छुँदा, कोरोनाले पो छुन्छ कि ।
लाखौँ बर्षको सभ्यता, भताभुङ्ग पो हुन्छ कि ।।

– कृष्ण आचार्य

Tags: #Corona, #Covid, #Covid 19
यो पनि पढ्नुहोस्:

Read also: