उबेलाका महिलाको दुर्दशा

बिबिधवाङ्गमयविचार
460 views

Share:

हेपिएको र दमित महिलाको गर्भबाट कसैले मेधावी र स्वस्थ सन्तानको आशा गर्छ भने त्यो भन्दा पटमुर्ख अर्को को हुन सक्ला ? खै कता गयो संसारकै सभ्यताको उच्च विन्दुमा पुगेको पुर्वीय सामाजिक संरचना ? महिला माथिको विभेद संगै स्खलित हाम्रो मान्यतामा आजको विन्दुसम्म आइपुुग्दा दुर्भिक्षको चपेटामा परिरहेको छ । आईमाईरुपी हाम्रा विदुषीहरु विदेश र स्वदेशका धनीमानीहरुका लागि नोकर चाकर जन्माउदैछन् । खै ती फर्केर आएपछि झन झन कस्ता सन्तान जन्मिदै जाँदा हन् । जाहाइ, मुस्ली पो जन्मिन थाल्ने हुन् की !


–कृष्ण आचार्य
हाम्रो घरमा दुईटी आइमाई थिए । हुन त आमा पनि थिइन्, पबी दिदी थिई । तर उनीहरुलाई कसैले आईमाई भन्दैनथे । हामी सबैलाई तिमी आदरार्थी प्रयोग गथ्र्यौ । तल्लो घर पल्लो घर सबैतिर यस्तै लवज चल्थ्यो ।
एकदिन हाम्रो घरमा ठूलो कार्जे भयो । छिमेकका सबै मान्छे आए । नचिनेकाहरु पनि निकै थिए । सेल रोटी चिउरा चिया खुब बाडियो । गजब चाहिं के भयो भने दिदीले लाइराखेको थोत्रो घाग्री फुकालेर नँया बुट्टे खालको गुन्यूचोलो लाईदिए । ला……..पबी त हेर्दा हेर्दै आईमाई पो भई, मैले पनि नैनसुतको टोपी भेटें ।
मलाई लागेको थियो , भोलिदेखि पबीलाई पनि आईमाई भनिंदो हो । तर त्यसो भएन । कसैले भनेनन् । बेला–बेलामा आमा फत्फताउँथिन्, कहा अन्भरिए हँ यी आईमाई ? एक दिन जाँतामा आमा दाल दल्दैथिइन् , कताबाट बाउ आइपुगेर हकारे, घरमा दुई दुईवटी आइमाई छन्, कँज्याउन नसकेर हेर न यो झुत्री आफँै घस्रेकी ! हत्त न पत्त दाल उठाएर आमा भित्र पसिन । बाउका अगाडि बचन फर्काउने कसैको पिताम थिएन ।
ती दुईटी आईमाईलाई पबी र म भाउजु भन्थ्यौँ । ती हाम्रो घरको हुन की अन्तका हुन् , मलाई फुम् थिएन्। ती घरका अरुहरु भन्दा फरक लाग्थे । कसैसँग बोल्दैनथे । आफू–आफू भने खस्याक खुसुक्क गर्थे । के भन्थे, बुझिदैनथ्यो ।
बाउ मूल ओछ््यानमा सुत्थे । जेठो दाई मतान तिर र माइलो दाई हिउँद बर्खै गोठमा सुत्ने गर्थे । साइलो खै कता तिर सुत्थ्यो , टुङ््गो थिएन्् । पबी र म उसलाई चाहिँ तँ नै भन्थ्याँै । तिमी भन्् भनेर कहिले काहीँ मौका छोपेर भकुथ्र्यो पनि । तर हामी टेर्दैनथ्यौँ । उसको विहे भएको थिएन्् । गाउँका साथीभाईका तिर धेरैजसो अल्लारिन्थ्यो । माथि तलामा माटाको चार अमल जति उठाएको ओछ््यान थियो । आमा पबी र म त्यहाँ लहरै सुत्थ्याँै ।
भात खाएर लिस्नु उक्ले पछि ढलिहालिन्थ्यो । निकै बेर बाहिर भित्र भाडा खन्द्राङ खुन्द्रङ बज्थे । बेलाबेलामा आमा खै गर्थिन – कत्रो बेर ला‘का यि आइमाइले ? नभन्दै एकछिन्् मै चकमन्न हुन्थ्यो । त्यो पछि धेरै जसो आमाको गोडा मुनि म एउटी आइमाइको आकृति देख्थेँ । कुनचाहिँ आईमाई हो । ठम्याउन सकिन्नथ्यो अध्याँरोमा । म प्रायः तन्द्रामा हुन्थेँ । आमा भन्थिन््– भो जा अब निन्द्रा नखल्बल्या ।
ती आईमाई कहाँ सुत्थे, के ओछ््याउँथे र के ओढ््थे मैले कहिल्यै पत्तो पाइन । आधा रात पछि घुर्र—घुर्र जातो घुरघुराउँथ्यो । लगत्तै ढिकी बज्न थाल्थ्यो । लिस्नो बजेपछि आमा उठेर ओर्लिदा थाहा हुन्थ्यो सायद । त्यो पछि म मस्तसगँ निदाउँथे ।
एकदिन साँझ चुलोमा आगो जोर्दै गर्दा आमालाई कोट््याएर पबी दिदीले रौसिंदै भनी आमा आमा आज भाउजु ठुल्दाईसँग बोलिन्् । आमाले पनि चासो बढाउदै सोधिन्् – अनि के गर््यो त तेरो ठुल्दाजैले चै ? के गथर्,े हुत्याईदिए नै पल्लो कान्लामा पछारिने गरी । पबीले मुख बिगारी । दुनियादारीका सामु लोग्ने स्वास्नीले बात मार्न बर्जित जस्तै थियो । छुट्टिएर बसेकाले समेत दोहोरो बात मारेको उस्तो सुनिदैनथयो । त्यसो गर्नेलाई छिल्लिएका लबस्तराहरु भन्थे । दशैँमा लुगा सिउन आउने माइलो दमाई र उसकी दम्याना भने छिलिन्थे । लुगा छेक्दै गर्दा दाई भाउजुलाई खुब जिस्क्याउँथे पनि । तर उनीहरुलाई भने कसेले केही भन्दैनथ्यो ।
अर्को न वर्ष तिर ठुली भाउजू थलिइन्् । उनको ओछ््यान भडारँमा कायम भयो । थाङनाथराले मोरेको भएपनि करङ्केमाथि खाडीको खोल भएको सिरक ओढेर आनन्दसँग भाउजु सुतेको भााउजु सुतेको मैले पहिलो चोटि देखँे । अनौठो पनि लाग्यो मैले अड््कल काटेँ , यी आइमाईले ब्याएपछि मात्र ओढ््ने ओछ््याउने पाउने रहेछन्् र देखी देखी सुत्न पनि मिल्ने रहेछ ।
एउटी भाउजू थलिए पछि झण्डै एक महिना जति आमा पनि कुट््न पिंध्नमा लागिन्् । भाँडा माझेको चाहिं मैले देखिन । बुहारीको लागि सासुको शान सेनाको कमाण्डर भन्दा कम आँकिदैनथ्यो । खै किन हो दुईटै आईमाईले त्यो सालको तीजमा विदा पाएनन्् । त्यही हिँउदमा साल्दाईको बिहा गरेर अर्की आईमाई थपियो । यता त्यै लगनमा पबी दिदीलाई पनि आईमाई बनाएर पठाइयो ।
घरमा तीनवटी आईमाई भएका दिनदेखि नजानिंदो किसिमले कचिंगल शुरु भयो । थेगीनसक्नु हुँदै जादा एकदिन कचहरी बस्यो । कचहरीमा निकै भलाद््मी तालका मान्छे पनि थिए । केही मान्छेलाई बाऊले तपाई भनेर सम्बोधन गरेको मैले पहिलो पल्ट सुने । मैले अनुमान गरें, कोट र जुत्ता पनि लगाएका मान्छेलाई चाहिँ तपाई भन्नु पर्दोरहेछ ।
ती भलाद््मीले भने आईमाई मिलेन््न्् भने छुट््याइदेऊ वास्तवमा कचिंगल दाईहरुबीच चल्थ्यो । भाउजुहरु बोलेका मैले कहिल्यै सुनिन । ठाडो गरी बोल्नै त बर्जित थियो । कसरी बोलुन बरा तर नमिलेको अप्टिक आईमाईका थाप्लामा खन्याए, तीन भाई तीन तिर बाटिए । मैले माइलो दाईको छत्रछाँयामा ओत लाग्नु पर्ने भयो । अरु फुक्का भए, मैले पनि घर छाडे । पाचँ वर्ष, सात वर्षको हुँदा जोडी बाँधेर ल्याएका ती आईमाईले ठुलो बुहार्तन बीच घर खानुपर््यो । हाम्रा घरमा ल्याएका आईमाईले त्यसैगरी खाएका हुन । बिहा नहुञ्जेल बाउआमाको कब्जामा बिहा भएपछि सासुको कब्जामा छुट्टिएपछि लोग्नेको कब्जामा र बुढी भएपछि छोरा बुहारीको कब्जामा रहनै पर्ने नियती अहिले पनि हाम्रो समाजका आईमाईरुपी महिला खेप्तैछन्् । धेरैसगँ बुहारीले नराम्रो गरी बुढेसकालमा बदला लिएर बेहाल बनाईरहेका व्यथा पनि होलान्् ।
गाउँकी एउटी काकी मेला पातमा खुब सिलोक घन्काउँथिन््, जाग्राम तिर सगिँनी हाँक्थिन्् । मानिसहरु उनलाई लुकी छीपी बोक्सी भन्थे । पढाई लेखाई भएका आईमाई उ बेला समाजमा टिक्न र विक्न हम्मे पथ्र्यो । विस्तारै छोरी बेटी पनि स्कुल जान थाले । हाम्रो टोलमा भने यो जागरण आईसकेको थिएन्् । हामीसगँ एक जना सरकारी वकिलकी छोरी पढ््थिन्् । उनको विहे भन्ने हल्ला चल्यो । ती स्कुल आउन छोडिन्् । फेरी बिहे बातेल भो भन्ने हल्ला संगसंगै आयो । केटाले बिहे गर्न मानेन अरे । हामी सबै छक्क पर्यौँ । त्यस्ती फूल जस्ती सुन्दर केटी मन नपराउने कुनचाहिँ लैठक र‘छ । मेरो मनमा खै कस्तो–कस्तो धसरा पर्यो । चित पनि दुखेको अहिले सम्झन्छु । सबै सुकिला मुकिला केटी केटाहरुलाई हेप्थे । तर तिनको स्वभाव त्यस्तो छुचो पनि थिएन । वास्तवमा ति बडो गज्जवकी केटी थिइन । ठूलाबडाकी छोरी सबैले मान्थे । मानिन पनि ति जान्दाथिन्् । तर किन केटाले मन पराएन हँ । खुलदुली चल्नु स्वभाविक थियो । पछि थाहा भो ट््युसन पढेर पास गरेकी केटी भनेर केटा तर्फकाले धर्म छाडेका रहेछन्् । अहिले अथ्याउछु लद््दुले मात्रै ट््युसन पढ््छन्् भन्ने अर्थ लगदो रहेछ त्यो बखत । आफुलाई त फि तिर्नै धौ–धा,ै कताको ट््युसनको कुरो ! ती केटीको नाहकमा पढाइ छुट््यो ।
भविष्य कस्तो रह्यो थाहा भएन्् । परीक्षमा चिट गर्नेको जात जान्थ्यो पैसा चोरेको भन्दा चर्को बात लाग्ने । स्कुलमा मात्र कुरो उठ््ने हैन त्यसलाई सारा समाजले चोर ठान्थ्यो । बाउलाई चोरको बाउ भन्थे । दाजुभाई नाता गोता सबै उसको नामले मुछिन्थे । कति जना चिट्् वाला केटा मुंगलान भासिए ।

बिहा नहुञ्जेल बाउआमाको कब्जामा बिहा भएपछि सासुको कब्जामा छुट्टिएपछि लोग्नेको कब्जामा र बुढी भएपछि छोरा बुहारीको कब्जामा रहनै पर्ने नियती अहिले पनि हाम्रो समाजका आईमाईरुपी महिला खेप्तैछन् । धेरैसगँ बुहारीले नराम्रो गरी बुढेसकालमा बदला लिएर बेहाल बनाईरहेका व्यथा पनि होलान् ।

जमाना बदलिदै गयो । मान्यताहरु फेरिदै गए । आजको परिस्थिति तपाइको सामु छ । कुन ठाउमा कहा कति बदलियो त्यसको लेखा जोखा तपाईले नै गर्ने हो । कहिं कतै सभ्य घरानामा महिलाले समान दर्जा पाउदै आएका छन्् । कतै यस्तो पनि कायमै छ की, महिलालाई आफन्तले नै विक्री गरेर गुजारा पनि चल्छ । तराइ तिर दाइजोको निउमा कयौ चेलीहरु ज्यँुदै जल्छन्् । पश्चिम नेपाल तिर छाउपडी प्रथा हटाउन बडे–बडे आईएनजीओ भिडेका भिड््यै छन्् । परिवारमा समानताको सन्तुलन कायम गर्न अझै के–के गर्न बाँकी छ ? त्यो अक्कल तपाइसगँ पनि हुन सक्छ । त्यसको भरपुर उपयोग गराँै । अनि मात्र समाजले उच्चता हासिल गर्छ । कानुन मात्र बनाएको भरमा समाजको काँचुली फेर्न मुस्किल छ । हेपिएको र दमित महिलाको गर्भबाट कसैले मेधावी र स्वस्थ सन्तानको आशा गर्छ भने त्यो भन्दा पटमुर्ख अर्को को हुन सक्ला ? खै कता गयो । संसारकै सभ्यताको उच्च विन्दुमा पुगेको पुर्वीय सामाजिक संरचना ? महिला माथिको विभेद संगै स्खलित हाम्रो मान्यतामा आजको विन्दुसम्म आइपुुग्दा दुर्भिक्षको चपेटामा परिरहेको छ । आईमाईरुपी हाम्रा विदुषीहरु विदेश र स्वदेशका धनीमानीहरुका लागि नोकर चाकर जन्माउदैछन्् । खै ती फर्केर आएपछि झन झन कस्ता सन्तान जन्मिदै जाँदा हन्् । जाहाइ, मुस्ली पो जन्मिन थाल्ने हुन्् की !
राष्ट्रिय जेष्ठ नागरिक महासंघ, स्मारिका २०७२ मा प्रकासित ।

यो पनि पढ्नुहोस्:

Read also: