कार्यक्रममा बरालिने मेसो

बिबिधवाङ्गमयविचार
496 views

Share:

सम्पादक समाज खोटाङले ‘समय बचत गरौं, कार्यक्रमलाई सफल पारौं’ भन्ने अभियान सुरु गर्ने र सकेसम्म अबेला नगरी सक्ने गरेमा कार्यक्रम आफै सफल हुन्छ । मञ्चमा बसेजति सबै मान्छेले लामा लामा भाषण ठोकेर शुभकामना दिंदैमा कार्यक्रम सफल हुने होइन । अझै शुभकामना दिन बोलाइएका मान्छेहरु बीच जुहारी पनि चल्यो भने त कार्यक्रमले अर्को मोड लिइदिन्छ । जुहारी सुन्दा सुन्दा आजीत बनेका श्रोताले प्रमुख अतिथिको मन्तव्य सुन्नका लागि साँझको खाना खाएर फेरि कार्यक्रम स्थलमा आउनु परेका घटना पनि छन् । यस्ता कार्यक्रममा सभापतिको विजोक हेर्न लायक हुन्छ ।
कार्यक्रमहरु किन यसरी बरालिन्छन् ? यसका केही रोगहरु छन् । मुख्य रोग हो –प्रमुख अतिथि समयमा नआइदिने । निर्धारित समयमा आइपुग्न नभ्याउनेले प्रमुख अतिथि बन्न किन स्वीकार गर्ने ? तर कतिपय आयोजकले आफ्नो कार्यक्रम मार्फत कुनै व्यक्ति विशेषलाई चाकरी पु¥याउने अवसर छोप्नका लागि यस्तो तार्तम्य मिलाउने गरेको पनि पाइएको छ । ऊ सँग शाखिलो बन्नका लागि आफ्नो कार्यक्रम जतिसुकै पर सरोस् ऊ पर्वाह गर्दैन र ढिलाइ हुन्छ ।
प्रमुख अतिथिकै कारण कार्यक्रम सफल बन्ने त होइन होला । कार्यक्रम सञ्चालन गर्नैका लागि उपस्थित मध्ये कसैलाई प्रमुख अतिथिको हैसियतमा उभ्याउँदा पनि फरक पर्दैन भन्ने धारणा बन्न आवश्यक छ । कुनै जमाना थियो, कसैलाई कार्यक्रको प्रमुख अतिथि बनाएर अबीर जात्रा गर्नासाथ अथाह राशि ओइ¥याइदिएर हिड्थ्यो अनि आयोजकहरु त्यसमा ढलीमली गर्न पाउँथे । आज त्यो स्थिती छैन । तर पनि बेला कुबेला प्रमुख अतिथिका विवाद बल्झिरहन्छन् किन ?
अगिललो अवधिका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काले जाने बखत एउटा चोटिलो सवाल राखेर जानुभो ! एउटा कार्यक्रम उद्घाटन गर्न लाखौं रुपैंया खर्च गरेर काठमाडौंबाट मन्त्री मगाइयो । त्यो खर्चबाट खोटाङे जनताले के पाए ? वास्तवमा यो सवाल खोटाङका कुनै पनि कार्यक्रमका आयोजकलाई बिझ्नु पथ्र्यो ।
पैसा खर्च गरेर मगाइएका मन्त्रीजी निर्धारित समयमै आइपुगेका भए त राम्रै पनि हुन्थ्यो । तर पाँच घण्टा ढिला गरेर आए । कार्यक्रम तुरियो मुस्किलले राति ९ बजे मन्त्रीको दलबललाई आयोजकले त्यस रात पनि पाल्नु प¥यो । कार्यक्रमको उद्घाटन भनेको थालनी गर्नु हो । जिल्लाको कुनै एकजना सज्जन वयोवृद्धलाई त्यो काम दिएको भए के नोक्शान हुन्थ्यो ? अवोध बालकबाट पनि यस्ता काम गराउन सकिन्छ ।
प्रमुख अतिथिबन्ने हैसियत राख्ने तीनचार जना व्यक्ति भए अरे । ती सबैलाई एक साथ प्रमुख अतिथिको बरियतामा राखेर दीयो सल्काउन लगाउँदा के फरक पथ्र्यो ? आखिर प्रमुख अतिथि बनाएर अरुलाई बिजिनेस नदिंदा प्रोटोकलको कुरा उठ्न सक्थ्यो होला, सबैलाई एक साथ सम्मान गर्न पनि त सकिन्थ्यो ।
एकाध यस्ता कार्यक्रम बाहेक सम्पादक समाजले अभियान थाले यताका धेरैजसो कार्यक्रमहरु चुस्त रुपमा सम्पन्न हुँदै आएका छन् । बिग्रेको परिपाटीलाई सच्याउँन अलिकति समय त लाग्छ नै ।
जसले निर्धारित समय मै कार्यक्रम सुरु गरे, निर्दिष्ट विषयवस्तुमा आधारित रहेर छलफल गरे, ती कार्यक्रमहरु सफल र कामयाव बने । ती कार्यक्रमहरु कसैका शुभकामना मन्तव्यको प्रभावले सफल बनेका होइनन् । जसले समयको मर्यादा राख्छ, उसका कार्यक्रमहरु निर्वाध रुपमा सम्पन्न हुन्छन् । हामी यही अभियानमा छौं । समयप्रति कसैले हेल्चेक्र्याइँ नगरिदिओस् ।

यो पनि पढ्नुहोस्:

Read also: